सप्तरीमा चोरी गर्ने गिरोहका एक सदस्य रंगेहात पक्राउ

राजविराज । नगर क्षेत्रमा चोरी गर्ने समूहका एक जनालाई चोरी गरि भाग्दै गरेको अवस्थामा स्थानियले पक्राउ गरी पहरीलाई बुझाएको छ ।

मंगलबार राति राजविराज १० बिरोल चौकस्थित रामकिशुन यादवको घरमा चोरी गरी मोटरसाइकल चढेर भाग्न खोज्दै गर्दा राजविराज नगरपालिका १ बस्ने २५ वर्षीय मो. मुस्ताक मियाँलाई स्थानियले घेरा हाली सामानसहित पक्राउ गरी प्रहरीलाई बुझाएको हो ।

समूहमै चोरी गर्ने गिरोहका अन्य सदस्य भने अन्ध्यारोको फाइदा उठाउँदै फरार भएको स्थानियले बताएका छन् । आक्रोसित स्थानियले उनलाई केही समय बाँसको खम्बामा बाँधेर कुटपिट समेत गरेका थिए । प्रहरी टोली आएपछि चोरलाई उनीहरुको जिम्मा लगाइएको वडा अध्यक्ष चन्दशेखर चौधरीले बताए ।

मियाँको साथबाट यादवको घरबाट चोरी गरिएका चाँदीका गरगहाना तथा चोरीका लागि प्रयोग गर्ने उपकरण लगायतका सामान फेला परेको प्रहरी निरिक्षक सन्तोष खडकाले जानकारी दिए ।

नगर क्षेत्रमा विभिन्न मितिमा भएका चोरीका घटनामा समेत उनको संलग्नता रहेको दाबी गर्दै स्थानियले कडा कारवाही तथा फरार भएका चोर गिरोहका अन्य सदस्यलाई अविलम्ब पक्राउ गर्न माग गरेका छन् । चोरीका सिलसिलामा प्रयोग गरिएका मोटरसाइकलसहित पक्राउ परेका मियाँलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ