सर्लाहीमा संचारकर्मी सहित ५० जना संक्रमित थपिए

सर्लाही । सर्लाहीमा बुधवार संचारकर्मी सहित ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सर्लाहीका अनुुसार सबैभन्दा बढि ईश्वरपुुर नगरपालिकामा ३९ जना, चन्द्रनगर गाउँपालिकामा ५ जना, गोडैता नगरपालिकामा २ जना, धनकौल गाउँपालिकामा २ जना, लालबन्दी नगरपालिकामा १ जना र पालिका नखुुलेका सर्लाहीकै १जनामा कोरोना संक्रमण देखिएकोे हो ।

संक्रमितहरु ५० जनामा कर्मचारी, एक जना संचारकर्मी र स्थानियहरु रहेको स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए । मंगलवार सम्म १६ सय ८४ जना कोरोना संक्रमित थिए । आज ५० जना संक्रमित थपिए सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ सय ३४ पुुगेको जनस्वास्थ्य निरीक्षक झाले बताए । यसैगरी कोरोना भाईरस जित्नेको संख्या पनि ९ सय ६६ पुुगेको जनस्वास्थ्य निरीक्षक झाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती