बेलबारी नगरपालिकाले बनाई दियो बिपन्नलाई घर

मोरङ । मोरङको बेलबारी नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने विपन्न तथा असहायका लागि घर निर्माण गरिदिएको छ । नगरपालिकाका १ सय १ परिवारलाई पहिलो चरणमा घर निर्माण कार्य सम्पन्न भएको छ । अत्यन्तै कमजोर आर्थिक अवस्था भएका नगरभित्र बस्ने नागरिकहरुका लागि नगरपालिकाले पूर्ण रुपमा निशुल्क घर तयार गरिदिएको हो ।

बेलबारी नगरपालिका,सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घरहरु निर्माण गरिएको हो। पहिलो चरणमा नगरभित्रका तीन वटा वडाहरु वडा नं ३,४ र ११ मा घरहरु निर्माण गरिएको उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् ।पराजुलीका अनुसार वडा नं ३ मा ४०,वडा नं ४ मा २०, वडा नं ११ मा ४० र वडा नं १० मा १ गरि जम्मा १ सय १ वटा घरहरु निर्माण भएका हुन् । नगरपालिकाले चिटिक्क परेका घरहरु निशूल्क निर्माण गरिदिएपछी लाभग्राहीहरु हर्षिद भएका छन् ।

बेलबारी नगरपालिका र सहारा नेपाल र ह्याविटेड नेपालको त्रिपक्षीय लगानी सम्झौतामा घरहरू निर्माण गरिएको हो । नगरपालिकाका अनुशार प्रती घर नगरपालिकाको १ लाख ५० हजार, सहारा नेपाल ह्याविटेड नेपालको १ लाख गरि जम्मा २लाख ५०हजार मा निर्माण गरिएको हो ।

प्रत्येक घरमा बरण्डा र तीन ओटा कोठा र गाढा निलो रङ्को टिनको छानो लगाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 428 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै