पुल्चोक झडपमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरीको भनाई रहेको छ ।

ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने