‘के तिमीलाई केटी चाहिन्छ ?’

साँझ पर्दानपर्दै वातावरण बत्तिले धपक्कै बल्यो । ठुल्ठुला बिल्डिङहरू ज्योतिपुञ्जमा बदलिए । सडक उस्तै उज्यालो । टहलिन बाहिर निस्केँ । काठमाडौँको जाडो थिएन त्यहाँ । एकसरो पातलो कपडामा पनि कोलम्बो निकै न्यानो थियो । सडक ’round प्रशस्त खुला ठाउँ थिए । सडकछेउका मेचहरूमा स्थानीयहरू घर आँगनमै झैँ ढुक्कले बसिबियाँलो गर्दै थिए । डच हस्पिटल लेखेको बार नभएको एउटा ठूलो गेट देखेँ । अस्पताल रहेछ भन्ठानेर यसो हेरौँ न त भनेर भित्र छिरेँ । तर त्यो कुनै अस्पताल रहेनछ । त्यहाँ त खास्साका रेस्टुरेन्ट र पसलहरू मात्र रहेछन् । कुनै बेला डच उपनिवेश रहेको श्रीलंकामा त्यसताका त्यहाँ अस्पताल नै थियो होला । डच उपनिवेश हटेपछि डच हस्पिटलले पनि आफ्नो अस्तित्व गुमायो होला । हस्पिटलको ठाउँमा रेस्टुरेन्ट र पसलहरू खुले होलान् ।

उपनिवेश नबेहोरेको गौरवपूर्ण इतिहास भएको नेपाल तर श्रीलंका कुनै बेला डच मात्र होइन, पोर्चुगिज र पछि अंग्रेजको पनि उपनिवेश भयो । त्यसैको प्रभावले होला, दिउँसो कोलम्बोतिर फाट्फुट्ट चर्चहरू पनि देखिभ्याएको थिएँ ।
मनतातो बतास खाँदै होटल फर्कें र डिनरमा चिकेन बिर्यानी । त्यसपछि म रुम झरेँ । एसी अन गरेर कोठालाई हल्का चिस्याएँ र मोबाइलमा वाइफाई अन गरेर नेपालको खबर बुझ्न थालेँ । एकाध नेपाली समाचार पोर्टल हेरिसकेपछि फेसबुक हेर्न सुरु गरेँ । तपाईंलाई थाहा छँदैछ, फेसबुक हेर्न थालेपछि समय कसरी कति चाँडै चिप्लिन्छ ।

रातको ११ बजिसकेछ । कोठामा फोनको घन्टी बज्यो । त्यो तल होटलको लबीबाट मेरो श्रीलंका यात्राको चाँजोपाँजो मिलाउने साथी कुरुलुको फोन रहेछ ।

‘हेलो अशोक ! यति राति फोन गरेर मैले तिमीलाई डिस्टर्ब त गरिनँ’, श्रीलंकाको राष्ट्रिय अंग्रेजी दैनिक डेली मिररको पत्रकार कुरुलुले सुरुमै भनिभ्यायो ।

‘म निदाएको थिइनँ । त्यसैले डिस्टर्ब हुने त कुरै भएन । तर यति बेला किन आइरहनु पथ्र्याे र ?’, मैले भनेँ ।
‘श्रीलंकाको पहिलो दिन र यहाँको बसोबासमा केही समस्या त परेन नि ?’, उसले सोध्यो ।
‘सबै राम्रो भयो र राम्रै भइरहेको छ’, मैले भनेँ ।

‘तिमी समुद्र किनार गयौ नि ?’, सायद ‘म पक्कै गएको थिएँ’ भन्ठानेर उसले सोध्यो ।
‘अँ हँ’, मैले भनेँ ।

‘नजिकै थियो त । यहाँबाट ४–५ मिनेट मात्र लाग्छ’, नगएकोमा आश्चर्य मान्दै उसले मलाई जान प्रेरित ग¥यो, ‘यो टुरिस्टक एरिया हो । यहाँ रात पर्दैन । अहिले जाँदा पनि हुन्छ । ढुक्क भएर जाऊ । समुद्रको मीठो हावा खाऊ । रमाइलो हुन्छ र त्यसले तिमीलाई फ्रेस पनि बनाउँछ ।’

ऊ पनि मजस्तै चुरोटे रहेछ । छुट्निुअघि होटलको आँगनमा एक–एक खिली चुरोट सल्कायौँ । ‘कुनै पनि समस्या प¥यो भने कुनै पनि समय सम्पर्क गर है’ भनेर उसले कार्ड दियो । मलाई बाटो बताउँदै ऊ आफ्नो बाटो लाग्यो ।
अघि भर्खरसम्म कोलम्बो अझ खासगरी म बसेको होटल समुद्री किनारमा छ भन्ने थाहा नभएको म, त्यतैतिर लागेँ । तर रातको त्यो समय मलाई ५ मिनेट पनि निकै लामो लाग्यो । म समुन्द्र नपुगी बीचबाटै फर्कें । बाटो छेउछाउ ठुल्ठुला उज्याला होटलहरू मात्र थिएनन्, होटलअगाडि होटलको तुलनामा निकै फुच्चे लाग्ने ट्याक्सीहरू पनि थिए । म ती ट्याक्सीहरूलाई पार गर्दै आफ्नो होटलतिर नजिकिँदै थिएँ । ड्राइभरहरू पालैपालो म नजिक आइरहे ।
एउटाले सोध्यो, ‘डु यु वान्ट गर्ल ?’

म झस्किएँ । त्यो निकै अचम्मको प्रश्न थियो । सयमा एक मनले पनि सोचेको थिइनँ ।
‘नो’, सामान्य हिसाबले मैले भनेँ ।

लगत्तै अर्काे ड्राइभर मेरो सामुन्ने आइपुग्यो र सोध्यो, ‘डु यु वान्ट नाइस गर्ल ?’
उसलाई पनि उही जवाफ दिएँ, ‘नो ।’

फेरि अर्को आइपुग्यो । उसले पनि उही आशयको आग्रह ग¥यो, ‘पहिले हेर अनि मन प¥यो भने …’
‘आइ डोन्ट वान्ट’, मैले भनेँ ।

मलाई राम्रो के लाग्यो भने उनीहरू प्रत्येकले एक पटक राम्ररी सोधे र ‘नो’ भनेपछि फरक्क फर्किए । झर्काे लाग्ने गरी सोधिरहने वा लिसो झैं टाँस्सिने प्रयत्न गरेनन् ।

होटल आइपुग्दा मेरा लागि विलाशी कोठा थियो । मुलायम ओछ्यान थियो । तातोचीसोको व्यवस्था थियो । तर, त्यही कोलम्बोका ठुल्ठुला होटलअगाडि सडकपेटीमा उमेर वा कुपोषणले जीर्ण शरीर लिएर वृद्धवृद्धा पातला पछ्यौराहरू तानतुन गर्दै कुक्रुक्क सुतिरहेका थिए । त्यो दारुण दृश्य देखेर फोटो खिच्न मोबाइलको क्यामरा अन गरेँ । तर, मन तत्काल बदलियो । फोटो नखिच्ने निर्णय गर्दै मोबाइल खल्तीमा हालेँ ।

मध्यरातमा ती अभागी मानिसका सम्झनाले मलाई विलाशी ओछ्यानमा समेत निद्रा आएन । मेरो काठाकै फ्ल्याटको कमन हलमा आएँ । एउटा चाइनिज चुरोट तानेर बसिरहेको रहेछ । ऊ छेउ गएँ । उसले जस्तै मैले पनि एउटै एस्ट्रेमा धुवाँ टक्टक्याउन थालेँ ।
‘हेलो’, बात उसैले सुरु ग¥यो ।
‘हाइ’, सट्टामा मैले भनेँ ।

ऊ सिभिल इन्जिनियर रहेछ । चाइनिज लगानीमा त्यतैकतै बन्दै गरेको पुल सुपरीवेक्षण गर्न केही दिनको लागि मात्र कोलम्बो आएको रहेछ । उसले आफ्नो चाइनिज नाम भन्यो, ‘थ्ह्वाङ ।’

‘तर, सजिलोका लागि तिमी मलाई इरिक भनेर सम्झ । यो मेरो अंग्रेजी नाम हो’, उसले भन्यो ।
ग्वाङदोङ प्रान्त निवासी इरिकसँग अंग्रेजी नाम त थियो तर नाम अनुसारको अंग्रेजी भाषा भने थिएन । ऊ एउटा अंग्रेजी शब्द खोज्न र भन्न निकै सेकेन्ड लगाउँथ्यो । मैले उसलाई निकै ध्यान दिएर सुनेँ र उसको भाव हेरेर उसले भन्न खोजेको बुझेर थुप्रै अंग्रेजी शब्दहरू भनेँ ।

त्यसपछि यस, यस भन्दै ऊ मैले भनेकै अंगे्रजी शब्दहरू दाहो-याउँथ्यो ।
उसले उसको कुरा मात्र भनेन, मेरो’bout पनि सोध्यो ।
मैले पनि मेरो प्रोफेसन र प्यासनहरू’bout भनेँ । उसले त्यसपछि मसँग विच्याटमा जोडिन र सेल्फीसमेत खिचिपाउन अनुरोध ग-यो । उसले मध्यरातमा मसँगको सेल्फी खिच्यो ।
(लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको तेस्रो पुस्तक ‘श्रीलंका स्मृति’बाट)

तपाइको प्रतिक्रिया
(Visited 814 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?