युमाश शेर्पा

मिर्मिरे उज्यालो । देख्नुभन्दा बढी छामछुम् गर्नुपर्ने परिवेश । झिलिक्क हुन्छ, छिनमै दृश्य क्षणभंगुर बन्छ । आकाशमा टिल्पिलाइरहेको अर्धजूनको उज्यालो कोठाभित्र अलिअलि पग्लिरहेको छ । नत्र, आफ्नै अनुहार पनि विरानो लाग्ने उपस्थिति –अन्धकार) ।

‘यति मिठो अन्धकार किन ?’ त्यो कटीकाया केलाउँदै सोधें ।
‘अन्धकार पनि मिठो हुन्छ र ?’
…हा…हा…हा…(हाँसिन्, उन्मुक्त भएर)
‘कुनै बत्ती छैन ?’ अँध्यारो छाम्न थालें ।
‘मैनबत्ती बालुँ त ?’ सोधिन् ।
‘हुन्छ, त्यही भए पनि…अँध्यारो भो अति…’ मेरा पलेंटी फुक्न थाल्छन् ।
उनी ‘पङ्खर्युम’को बास्ना ङ्खयाँक्दै उठिन् ।
जूनको मन्द उज्यालोमा उनको मादक कायाँ लच्किरहेको छ ।
पाउजुको धिमा आवाज कोमलो कार्पेटमाथि हल्कागरी ‘छिङ्छिङ…’ सुनिइरहेको छ ।

‘लौ, बल्यो मैनबत्ती,’ गुलाबी अधर ‘टिलिलिलि’ टल्किए ।
‘अघिभन्दा कति राम्रो भो,’ चारैतिर हेर्दै भनें ।
‘के राम्रो भो ? सबैलाई त अन्धकार नै मन पर्छ…हा…हा…’ गुलाबी अधरमा मैनबत्तीको उज्यालो ठोक्किएर होला, कोठाभित्रको परिवेश मादकता पस्किरहेको छ ।
उनका दुई पलकमाथि चम्किरहेका निला शृंगार विन्दूहरू मन लोभ्याउनेगरी टिलपिल गरिरहेका छन् । पूरै देह ढाक्न नपाएर उन्मुक्त देखिइरहेको रेशमी ब्लाउजमा उनी ‘सौन्दर्य डंका’ पिटिइरहेकी छन् ।

‘धेरै दिनपछि आउनुभयो, कता बेपत्ता हजूर ?’
(अलिअलि लाडली, कामुक आवाज) पलक छोपिएका लामा परेली उन्दै उनले फेरि सोधिन् ।
‘म यहाँ थिइनँ…त्यसैले…,’ पूरै बोल्न सकिनँ । हल्का अन्कनाउँछु ।
‘ढाँट्नु पनि हुँदोरहेछ,’ देब्रे गालामा ‘डिम्पल’ उमार्दै उनी निहुरिइन् ।
‘किन ढाँट्नु ?’ सहज हुन खोजें ।
‘सबै उस्तै त हुन् नि,’ उनले लामो सुस्केरा हालिन् ।
‘कति बज्यो ?’ प्रसंग मोड्न खोज्छु ।
‘हतार भो र ? कतै जानु थियो कि ?’

उनको गोरो बाटुलो मुहार जूनसँगै उज्यालिन थाल्यो ।
ढाँड झरेको केशरासी र निधारमा चिटिक्क ‘कमलटीका’ मेरा आँखामा बिझाउन थाल्दै छन् ।

‘त्यस्तो केही हैन, अलि सुनसान लाग्यो, त्यसैले…,’ ढोकातिर हेर्दै भनें ।
‘कस्तो सुनसान ?’ उल्टै सोधिन् ।
‘त्यही…पहिलोजस्तो छैनन नि !’ निधार छोप्न खोज्दै गरेको आफ्नै कपाल माथि सोहोर्दै भनें ।

‘पहिलो कस्तो हुन्थ्यो र ?’ उनको अलि कडक लाग्यो ।
‘मान्छेहरू आइरहन्थे, उताउती…,’ मैले बोल्दै गर्दा उनी उठिन्, उही ‘पङ्खर्युम’को बाँस्ना ङ्खयाँक्दै । केही बेरअघि ‘टि–टेबल’माथि रहेको मैनबत्ती उनको हातमा हल्लिरहेको छ ।

‘कहाँ जान लाग्यो हो र ?’
‘…एकैछिन,’ उनी अँध्यारोमा ओझेल परिन् ।

अब अघिकै अन्धकार सल्बलाउन थाल्यो । आफ्नै सास गुन्दै उनलाई पर्खिन थालें । ‘पङ्खर्युम’को बास्ना नाकडीलैमा अड्किएको छ । उनी ओझेल परेतिर एकनास हेर्न थाल्छुु, कतै मैनबत्तीका शिखाहरू हल्लिरहेका पो छन् कि…!

सिलिङमा झुन्डिरहेको बल्ब झल्झलाइसकेको छ । मैनबत्तीको अस्तित्व टेबलमाथि डल्लो परिसक्यो । ङ्खलाटन टिभी । सोफा । मोहक बिछ्यौना । शानदार परिवेश । तर…उनी ?

‘भो…अब धेरै नपिऊ…,’ स्कचको गिलास खोस्दै भनें ।
‘मलाई जिउन त दिनुस्,’ उनको आवाज लर्बराएको छ ।

‘पिएर पनि जिइन्छ ?’ सोधें ।
‘बिन्दास लाइफ † यु नो ?’
नशा चेपिएका उनका नजर ममाथि छरिन खोज्दैछन् ।

‘हा…हा…तिमी यस्ती थिइनौं †’ गिलास टेबलमाथि राख्दै भनें ।
‘कस्ती थिएँ त ?’
‘एकदम नपिउने, सोझी…’
‘समाजले मलाई पिउन हुने, मैले रक्सी पिउन नहुने ?’
उनले गिलास फेरि उठाइन् ।
‘पिउँछौं ? एस…,’
एकै सासमा गिलास रित्याइन् ।

‘पङ्खर्युम’को बास्ना स्कचले निलेको छ । त्यो ‘कमलटीका’ उस्तै ।

‘भन्नुस्, तपैं के चाहनुहुन्छ ? लुट्न †’
शरीरमा अल्झेको एउटै गाउन पनि फुकाल्न खोज्दैछिन्, उनी ।
‘बरु, तिमी पिऊ…’ उनको रित्तो गिलास स्कचले भरें ।

‘यो शरीर धेरैले लुछे, मन छियाछिया पारे, तर तपैं ?’
उनको हातमा गिलास हल्लिन थाल्यो । ममाथि पुगेर रोकिएको वाक्य पूरा हुन पाएन ।

‘म…मैले…के ?’ मेरो हृदय कुतकुत भयो ।
‘हा…हा…हा…डर लाग्यो ? कसैलाई भन्दिनँ,’ सोफामा ढाँड पसार्दै उनले भनिन् ।

‘डर…कस्तो डर ?’ खित्खिताएँ ।
‘यहाँ छिर्न तपैंलाई डर–लाज लाग्दैन ? अरु त अरु भए’
सोफामा पसारिएकी उनी उठिन् । ती गुलाबी अधर अझै टिलपिल गरिरहेकै छन् । पानीमा हल्का निथोरिएको केशरासी उस्तैगरी ढाँडतिर पसारिइरहेको छ ।

‘कस्तो लाज ?’ सोधे पालो मेरो ।
‘यही…यस्तो ठाउँमा…,’
उनका नजर निहुरिएका छन् । सुलुत्त परेका सेता औंलाहरू राता ‘नेलपोलिस’मा चम्किरहेका छन् ।

‘कस्तो ठाउँ हो र यो ?’ उनको हात समाउँदै सोधें ।
हाम्रा नजर जुध्न खोज्दैछन् ।

‘आज मलाई किनकिन बेसरी लाज लाग्दै छ,’ उनले मेरो हात पन्छाउँदै भनिन् ।
मतिर उठेका आफ्ना नजर लज्जातालमा डुबाइन् ।

‘किन ? त्यस्तो…,’ हाँसो च्यापेर सोधें ।
‘कुन्नी ? थाहा छैन,’
लज्जा मिसिएको उनको आवाज मिठो लाग्न थाल्दैछ ।
‘यहाँ अचेल कोही आउन्नन् ?’
मिठो परिवेश अन्तै मोड्न खोजें । मुस्कानहरू एकाएक निन्याउरा हुन थाल्छन् । हल्का टाँसिएकी उनी अलि पर सरिन् ।

‘मैले गल्ती बोलें ?’
उनको हात समाउन थाल्छु ।

‘सही हो, सत्य कुरा गल्ती हुन्छ र ?’
बोल्दैगर्दा एकैछिनअघिको उनको लज्जा पाउँदिनँ ।

‘रिसाएकी ?’ फेरि हात समाउन खोजें ।
‘म रिसाउनुको पनि अर्थ लाग्छ र ?’
उनको हातमा स्कचको गिलास फेरि सल्बलाउन थाल्यो । मेरा अवाक नजर उनको मुहार केलाउन थाल्छन् । उनका भरिला आँखा स्कचसँगै रुझ्न थाले, धमिला–धमिला ।
… … …

अर्धजून देखिन्न । कोठाभित्रको कृत्रिम उज्यालो हामीलाई बेरिइरहेकै छ ।
‘रिसा’को…?’
हामीभित्रका राप ठोक्किन खोज्दैछन् ।

‘हैन, छैन…,’ टाउको हल्लाइन् ।

उनका गाँजलु नजर अझै झुकिरहेकै छन् । लामा परेली पनि पलक उज्याइरहेझै लाग्दैछ । मादक गाउनले कुम बिर्सेको छ । गुलाबी अधर केही बोल्न खोज्दैछन् । नशालु र शान्त परिवेश हामीलाई आफूभित्र समाहित गरिरहेका छन् ।

‘के हामीजस्ताको लाइफै हुन्न ?’ उनको उन्मुक्त हाँसो हराएको छ ।
‘किन नहुनु ?
उकको केशरासी मेरो हत्केलामा सल्बलाइरहेको छ ।

‘क्षणिकमात्र त हो नि, हैन ?’
उनले नजर घुमाइन् ।

‘तिमीभित्र स्वच्छ मन छ, त्यही नै असल जिन्दगी हो,’
बहकिरहेको उनको मन सँगाल्न खोज्दै छु ।

‘तर, समाजले स्वच्छ मन कसरी देख्छ ?’
‘कमलटीका’अंकित उनको निधार निचोरियो । नजर शून्य झ्यालतिर डोहोरिन थाले । कोमल पाऊमा बेरिएको पाउजु छन्छनाउन थाल्छन् ।

‘बाटो बदल्न सक्छौं, फरक यात्रामा कोही भेटिन पनि सक्छ ?’
दराजमाथिको प्लास्टिकको सेतो फुल हेर्दै भनें,
‘जीवन यो प्लास्टिकको फुलजस्तो हैन, सदा एकैनासको भइरहने ।’

शून्य झ्यालतिर एकोहोरिएकी उनी, मतिर सुस्तरी फर्किइन् । दुईतिर गालामा मन्द मुस्कान फक्रियो । देबे्र गालाको ‘डिम्पल’ मिठो अनुभूति बोध गराइरहेको छ । उनलाई रुपम धेरैपछि पाउँदैछु ।

‘के भो ?’
मेरो खित्कीताई फर्कियो ।

उनी छेउ आइन्, अघिजस्तै लज्जा च्यापेर । त्यो कोमल बदन सुस्तरी मभित्र तरंगित हुन पुग्यो । हाम्रो मौनता रातसँगै लम्बिन थाल्छ, भइकन पनि नेपथ्यमा अल्झेको अर्धजूनजस्तै मन्द–मन्द ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?