Sunday, May 16, 2021
Home Breaking News अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना

अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना

,

काठमाडौं । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् ।

यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै काकी पर्ने गीतासँग निर्मलको अवैध सम्बन्ध रहेको खुलेको छ । निर्मल र गीताबीच आर्थिक लेनदेनसमेत रहेको पाइएको छ । श्रीमान्सँग सम्बन्ध राम्रो नभएपछि गीता र निर्मलबीच हिमचिम बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।

केसी परिवारले गीता हराएको भन्दै गत बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले खोजीका क्रममा उनको शव शुक्रबार साँझ गोदावरी नगरपालिका–१० लेलेको जंगलमा फेला पारेको थियो ।

हत्या अनुसन्धानमा खटिएका प्रहरीका अनुसार गीताको हत्याको कारण लेनदेनको विषयपछि उब्जिएको विवाद हुन सक्ने देखिएको छ । सो क्रममा विवाद उब्जिएपछि घाँटी थिचेर गीताको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
यस्तै, गत २५ साउन राति गोंगबुमा कृष्णबहादुर बोहोराको अवैध सम्बन्ध तथा अर्थिक लेनदेनकै कारण क्रूर तथा वीभत्स तरिकाले हत्या भएको थियो ।

एकातिर ज्यान, अर्कातिर टाउको र खुट्टा हुने गरी गरिएको सो वीभत्स हत्यापछि शवका टुक्रा सुटकेस र जेब्रा झोलामा हालेर फ्याँकिएको थियो ।

हत्यामा संलग्न व्यक्ति शव फालिएको स्थान नजिकै बस्थिन् । प्रहरीको बलियो अनुसन्धानले हत्याको दोस्रो दिनमै हत्यारा पक्राउ गर्न सफल भयो । हत्यामा संलग्न कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनबाट पक्राउ गरेपछि अवैध सम्बन्ध र आर्थिक लेनदेन नै हत्याको कारण रहेको पुष्टि भएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुखसमेत रहेका एसएसपी दीपक थापाले अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने उद्देश्यले तथा तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको बताए ।
‘मानिस अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने चाहन्छ, सम्बन्धका कुरा बाहिर जाने डरले हत्याका घटना भएको पाइएको छ । सामान्य विवादमा तत्कालको रिस र आवेगलाई कन्ट्रोल गर्न नसक्दा पनि हत्याका घटना भएका छन्,’ महाशाखाका प्रमुख एसएसपी थापाले राजधानीसँग भने ।

गत बिहीबार राति धादिङमा आवेगकै कारण ६५ वर्षीय सोमबहादुर गुरुङको क्रूरतापूर्वक हत्या भएको थियो । धादिङको निलकण्ठ नगरपालिका–१३ खलचेतका २६ वर्षीय राजु परियारले खुर्पाले घाँटी रेटी गुरुङको क्रूरतापूर्वक हत्या गरेका थिए ।

परियार हत्यापछि बिहीबार राति १ बजे जिल्ला प्रहरी कार्यालय धादिङमा गुरुङको टाउको झोलामा हालेर आत्मसमर्पण गर्न पुगेका थिए । उनले आफूले मान्छे मारेर आएको भन्दै ड्युटीमा रहेका प्रहरीलाई झोलाबाट टाउको निकालेर देखाइदिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुखसमेत रहेका एसपी रवीन्द्र रेग्मीका अनुसार सामान्य विवादका कारण हत्या भएको देखिएको छ ।

यसैगरी, गत मंगलबार झापाको शिवसताक्षी नगरपालिकामा समेत लेनदेनकै कारण २८ वर्षीय गोमानसिंह मगरको वीभत्स तरिकाबाट हत्या भएको थियो ।

स्थानीय मनकुमार लिम्बुले मगरलाई बोलाएर शिवसताक्षी बजारमा भेटेपछि दुवै जना रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर गएको र सोही क्रममा लेनदेनको विषयमा विवाद हुँदा छुराले घाँटी रेटी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरू दुवै जना बहराइनबाट केही समयअघि नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘विदेशमा दुवै जना सँगै बसेर आएका रहेछन् । उनीहरूबीच लेनदेनको सम्बन्धका कारण छुराले घाँटी रेटेर हत्या गरेको देखियो,’ घटनाको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी अधिकारीले राजधानीसँग भने ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार प्रहरीले उनीहरूबीच फोन संवाद भएको दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीले कागजी रूपमा हुने गरेका तमसुक तथा लेनदेनलाई नहेर्दा समेत पछिल्लो समय हत्याका घटना बढ्न थालेका छन् । प्रहरीका एक उच्च अधिकारीले प्रहरीलाई लेनदेनको विषय हेर्ने अधिकार नहुँदा समेत हत्याको घटना बढेको बताए ।

‘प्रहरीलाई कागजी तमसुक र लेनदेनका घटना हेर्ने अधिकार छैन, चेक बाउन्सका घटना मात्र प्रहरीले हेर्ने हुँदा लेनदेनका घटनाबाट पनि हत्या बढेको हुन सक्छ,’ ती प्रहरी अधिकारीले भने ।

लेनदेनको विषय अदालती प्रक्रियामा जानुपर्ने र आफूले दिएको रकम सहजै फिर्ता नहुने अवस्थापछि माानिसले आवेगमा हत्याको निर्णयसम्म गर्ने गरेको ती प्रहरी अधिकारीले जानकारी दिएका हुन् । यसैगरी, सामान्य विवादका कारण समेत परिवारभित्रकै व्यक्तिले परिवारकै व्यक्तिको हत्या गर्ने क्रमसमेत पछिल्लो समय बढेको छ ।

केही दिनअघि बर्दिया बाँसगढी–९ घर भएका ३६ वर्षीय अजय विकले राजधानीको अनामनगरमा आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेका हुन् ।

विकले सामान्य घरायसी विवादमा ३३ वर्षीया श्रीमती पार्वती खड्कालाई छुरा प्रहार गरेका थिए । उनको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको हो । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको टोलीले विकलाई सोमबार बेलुकी पक्राउ गरेको हो ।

यसैगरी, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चाका ४२ वर्षीय सुदर्शन अधिकारीले गत बुधबार आफ्नै बुहारी ३७ वर्षीया रञ्जना तिमल्सिनालाई सामान्य घरायसी विवादका कारण बन्चरोले हानेर हत्या गरे ।

काभ्रेका एसपी रविराज पौडेलका अनुसार अधिकारीले टाउको र घाँटीमा बन्चरो प्रहार गरी बुहारीको हत्या गरेका हुन् । अनुसन्धानमा घरायसी विवादका कारण सुदर्शनले बुहारीलाई बन्चरो प्रहार गरेको खुलेको एसपी पौडेलले जनाएका छन् ।

(Visited 290 times, 1 visits today)
Loading comments...

आजको समाचार

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

साताका लोकप्रिय समाचार

गण्डकीमा थप १४ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये कास्कीका ८, बागलुङका ४, दाङ र म्याग्दीका १/१ जना...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

चितवन जितविहीन, काठमाडौं शीर्ष स्थानमा

काठमाडौं । एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल)को अन्त्य गर्दा कठमाडौं रेजर्स शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । आइतबार लिग...

एउटै घरका तीन दिदीबहिनी सगरमाथा शिखरमा

काठमाडौं । विश्वको सर्बोच्च छानो सगरमाथा चढेर नयाँ कीर्तिमानी कायम गराउने प्रतिस्पर्धाकाबीच बुधबार दोलखाको एकै घरपरिवारका तीन दिदीबहिनीले सगरमाथाको सफल आरोहण गरेका छन् । दोलखास्थित...

ट्रेन्डिङ

सगरमाथा सफा गर्ने जिम्मा नेपाली सेनाले पायाे

सोलुखुम्बु । सोलुखुम्बुमा अवस्थित विश्वको सर्बोच्च शिखर सगरमाथा सफा गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ । सगरमाथासहित ६ वटा हिमाल एकै पटक सरसफाई गर्ने जिम्मेवारी...

आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा ३ जना पक्राउ

भक्तपुर । शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ खानिखोला गाउँपालिका-१०...

उद्योगी व्यवसायीलाई थप कर्जा उपलब्ध गराऊ

विश्वव्यापी कोरोना महामारी संक्रमणसँगै थला परेको देशको उद्योग व्यवसाय सञ्चालनका लागि सञ्चालकहरूले आवश्यक पर्ने ऋण कर्जा सरकारी निकायबाटै पाउन नसकेका कारण व्यवसाय झनै चौपट...

जबर्जस्ती करणी अभियोगमा भूपू भारतीय सैनिक पक्राउ

पोखरा । बालिकामाथि जबर्जस्ती करणी अभियोगमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १०, मिलनटोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय...

प्रेम कथामा आधारित अर्जुन बोसेलको ‘गोठालो’

काठमाडौं । नेपाली गीत संगीतको बजारमा अर्जुन बोसेल कुनै नौलो नाम होइन । माया प्रेम, वेदना र राष्ट्रिय गीत सिर्जनामा सक्रिय बोसेलका २२ वटा...

प्रदेश २ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम । प्रदेश २ मा थप चार जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । पर्सामा दुई, बारा र रौतहटमा एक–एक जनाको मृत्यु भएको...

खरका छाना विस्थापन गर्दै वालिङ

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले खरका छाना विस्थापन अभियानको सुरुआत गरेको छ । नगरपालिकाको पाँचौं नगरसभाले नगरभित्र रहेका खरका छानालाई विस्थापित गरी जस्तापाता लगाइ...

सिरहाको मिर्चैयामा लकडाउन

लहान । सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण...

प्रकोप व्यवस्थापन र सुरक्षा

सामान्यतया प्रकृतिमा आउने विनासकारी हलचल, रोग, महामारीलाई प्रकोप भनिन्छ । प्राकृतिक प्रकोप पनि विभिन्न प्रकारका हुन्छन् जस्तो आँधीबेहरी, बाढी पहिरो, भूकम्प, रोग र महामारी...

उखु किसानको मागप्रति सरकार गम्भीर हुन जरूरी : प्रभु साह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले उखु किसानको आन्दोलनप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । आफ्नो फेसबूक पेजमार्फत...

अमेरिका ३५ रनमा अलआउट, सन्दीपको नाममा ६ विकेट

काठमाडौं । सन्दीप लामिछाने र सुशन भारीले घातक बलिङ गरेपछि जारी आईसीसी विश्वकप क्रिकेट लिग– २ मा नेपालले अमेरिकालाई ३५ रनमा सीमित ग-यो ।...

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)