संवैधानिक अंगहरुमा सरकारको छायाँ देखिन नहुने : डा. शेखर कोइराला


उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वतन्त्र न्यायपालिका जस्ता संवैधानिक अंगहरुमा सरकारको छायाँ देखिन नहुने बताए । सो कुरा केन्द्रीय सदस्य कोइरालाले नेपाली काग्रेसका ईकाइ सभापतिहरुको क्षमता अभिबृद्धिका लागि आयोजित तीन दिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको बुधवार गाईघाटमा उद्घाटपछि आयोजित सभालाई सम्बोधन गर्दै बताएका हुन । कोइरालाले दलीय भागवण्डाका आधारमा सबैधानिक अङ्गमा नियुक्ति गरिने परिपाटीले त्यस्तो छायाँ देखिने गरेको हो ।


उनले सरकार आवधिक र परिवर्तन भइ रहने तर सबैधानिक अंगहरु मुलुकका स्थिर अंग भएकोले न्याय सम्पादन वा अनुसन्धानका कामहरुलाई अन्तराष्ट्रिय जगतले समेत हेरीरहेको हुने हुदा राज्यका यस्ता स्थिर जिम्मेवार निकायहरुबाट गरिने कामहरु सरकारी छायाँमा परे जस्तो गरी कसैलाई काख र कसैलाई पाखा गर्ने खालका नभई निष्पक्ष,स्वतन्त्र र न्यायोचित हुनु पर्नेमा जोड दिए ।


पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आपूm सधै सत्यवादी भएको र सत्यको सधै जित हुने हुदा आगामी माहाधिवेशनबाट पार्टीको केन्द्रिय नेतृत्व परिवर्तन गर्ने निश्चित भएको देखेपछि महासमितिको बैठकबाट भएका निर्णय समेत केन्द्रीय नेतृत्वले उल्टाउदै हिडेको र विधि विधान विपरित स्वच्छाचारी भएर वडा सभापतिदेखि केन्द्रिय सभापतिसम्मलाई विधान विपरित चल्ने छुट कहिकतै नभएको बताए ।


महासमिति भन्दा केन्द्रिय समिति कदापि पनि पार्टीको माथिल्लो तह हुन नसक्ने हुदा हुदै महासमितिले गरेका निर्णयहरु उल्टाइनु र भातृ सङ्गठनहरु थपेर जम्बो बनाउनु ,नेपाल विद्यार्थी संघमा नौ जना महामन्त्री राखिनु भनेको पार्टीको विधान विपरितको काम भएको र पार्टीका नेता विजय गच्दारको विषयलाई लिएर ३ दिन सदन किन अबरुद्ध गरिएको र त्यसपछि किन अबरोध हटाइएको हो नेतृत्वले जवाफ दिनुपर्छ उनले भने ।
सहमति सहकार्य र एकता बिना लोकतन्त्र शान्ति र विकास सम्भव नहुने भन्दै उनले बिपी कोईराला पार्टीलाई सङ्कट आईपर्दा गाउँ जाने गर्नु हुन्थ्यो तर आजका नेताहरु काठमाडौ जाने गर्नु हुन्छ यस्तो परिपाटी चलेकोले नेपाली कांग्रेस झन कम्जोर स्थितिमा रहेको नेता कोईरालाले बताए ।


केन्द्रिय सदस्य कोईरालाले नेपाली कांग्रेसका नेताहरुले विगतमा केन्द्रमा बसेर चरम गुटबन्दी चलाएका कारण अहिले गाउ र जिल्ला तहका कार्यकर्तालाई समेत गुट उपगुटमा बिभाजित पार्दै लगेकाले गुटबन्दीको दलदलबाट सिंङ्गो पार्टीलाई अबतरण गर्न अहिलेको नेतृत्वबाट सम्भव नभएको हुदा आपूm नेतृत्व परिवर्तनको पक्षमा खरो रुपमा उत्रिएको पनि बताए ।


नेताहरुले भाषणमा जतिनै गुटबन्दि नगर्ने भनेपनि ब्यवहारमा त्यस्तो नदेखिएको बताउँछन । कोईरालाले नेतृत्वमा बस्नेहरुले चलाएको गुटबन्दिको छुराले गाउँ तहका कार्यकर्ताहरुका बिचमा समेत चिरा पारेकै कारण गत आम निर्वाचनमा कांग्रेसले इतिहासमै नराम्रो पराजय भोग्नु परेको होे ।
विगत लामो समयदेखि जिल्ला दौडाहामा लागेको कोइरालाले बिभिन्न जिल्लाको भ्रमण गर्ने र कार्यकर्तासँग छलफल गर्ने क्रममा आपूmलाई नेपाली कांग्रेसको भाबी नेतृत्वको लागि मेचि महाकालीका कार्यकर्ताहरुको दबाव रहेको बताउँछन ।


अर्काे प्रसङ्गमा उनले दुईतिहाई बहुमत प्राप्त बर्तमान सरकारले प्रेस स्वतन्त्रता र मानव अधिकारमा अङ्कूश लगाउन खोजि रहेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सबैतिर सरकारी हस्तक्षेप हुने गरेको छ तर प्रमुख प्रतिपक्षको भूमिका यी विषयमा सदनमा मूर्दातुल्य हुनु भनेको काग्रेसको नेतृत्व पुरै असफल भएको जस्तो छ ।


पार्टीका करिब तीन सय जना स्थानीय नेता तथा कार्यकर्ताहरुले भाग लिइरहेको रहेको सो कार्यक्रममा नेपाली काँग्रेस उदयपुरको आयोजनामा भएको सो कार्यक्रममा केन्दीय सदस्य तथा राष्ट्रिय सभा सदस्य बद्रिकुमार पाण्डे, केन्दिय सदस्य गुरुराज घिमिरे, केन्दीय सदस्य लक्ष्मी परियार, प्रतिनिधि सभा सदस्य प्रमिला राई, प्रदेस सभा सदस्य हिमाल कार्की लगायतका नेताहरुले समेत सम्बोधन गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 412 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई