तनहुँमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चालकसहित ८ जना घाइते

तनहुँ । बोलेरो जिप दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास-५ चापाघाट बस्ने बर्ष ५५ का राजकुमार श्रेष्ठ रहेका छन् । चालक ३२ वर्षीय होमबहादुर श्रेष्ठ भने गम्भीर घाइते भएका छन् ।

दमौलीबाट ऋषिङगाँपालिका-१ खाल्टे देउली खोला भन्ने स्थानमा सोमबार विहान १०:३० वजेको समयमा ग१ ज ७१२८ नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भइ सडकबाट ७० फिट तल खोल्सामा खस्दा उक्त जीपमा सवार चालकसहित ८ जना घाइते भएका छन् ।

घाइते भएका उनीहरूको जिल्लास्थित रत्तहरि अस्पताल, समाधान अस्पताल र जिल्ला अस्पताल दमौलीमा उपचार भइरहेको छ भने घाइतेमध्ये ५१ वर्षीय रामकुमार श्रेष्ठ र ३४ वर्षीया संगीता श्रेष्ठलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रसनि मेघनाथ पौडेलले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

epaper

ताजा समाचार

देश र पार्टीको अवस्थाबारे डा. कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल