असरफ घानी अफगानिस्तानको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा


काबुल । करिब पाँच महिना अघि अफगानिस्तानमा भएको निर्वाचनमा राष्ट्रपति अशरफ घानी दोस्रो कार्यकालका लागि निर्वाचित भएको घोषणा गरिएको छ । उनलाई विजेता घोषणा गरिएपछि अफगानिस्तानमा पुनः नयाँ संकट सिर्जना हुनसक्ने अनुमान गरिएको छ । यो निर्वाचनमा धाँधली भएको पहिलेदेखि नैं आरोप लाग्दै आएको थियो ।
तालिबानसँग शान्ति सम्झौताका लागि कोशिस भइरहेका बेला निर्वाचनको परिणाम घोषणा गरिएको हो । अफगानिस्तानमा गत वर्षको २८ सेप्टेम्बरमा मतदान भएको थियो । २००१ म अमेरिकी सैनिकको बलमा तालिबानलाई सत्ताबाट हटाएपछि भएको यो चौथो निर्वाचन हो । मतदानमा व्यापक धाँधली भएको आरोप लागेको थियो । मतदानका क्रममा बायोमेट्रिक डिभाइसमा प्राविधिक समस्या आएको थियो । यसका साथै केही अनियमितता भएको समेत आरोप थियो ।


अफगानिस्तानको स्वतन्त्रत निर्वाचन आयोगले असरफ घानीले ५०.६४ प्रतिशत मत ल्याएको र प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाले ३९.५२ प्रतिशत मत ल्याएको घोषणा गरेको थियो । निर्वाचन परिणाम घोषणा गर्दै आयोगले घानी सामान्य मतान्तरमा बिजयी भएको बताएको थियो ।
अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) ले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सीइओ) अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका छन् । उनले आफूले जीत हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा ‘समावेशी सरकार’ गठन गर्ने बताएका छन् ।
आइइसीले घोषणा गरेको अन्तिम नतिजामा वर्तमान राष्ट्रपति अशरफ घानीले सबैभन्दा बढी मत प्राप्त गरेको उल्लेख छ । कूल खसेको मतको ५०.६ प्रतिशत मत घानीले प्राप्त गरेको टोलो समाचार समितिले जनाएको छ । अब्दुल्ला अब्दुल्लाले भने ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन् ।


निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय ‘अवैधानिक’ रहेको र त्यो स्वीकार्य नरहेको बताए । उनले चुनावी नतीजा प्रजातन्त्रको विरूद्धको कदम हो र आफूले त्यसलाई स्वीकार्न नसक्ने बताए । ‘यो राष्ट्रद्रोह हो,’ अब्दुल्लाहले भने ।
उनले स्वतन्त्र र स्वच्छ मतदानमा आफू विजयी रहेको दाबी गर्दै भने, ‘हामी हाम्रो ‘जीत’ घोषणा गर्छौं ।’ उनले आफूले समावेशी सरकार गठनको घोषणा गर्ने बताए । गत वर्ष सेप्टेम्बरको चुनावमा तालिबानले यस प्रक्रियालाई अवरुद्ध पार्ने धम्कीका बीचमा सम्पन्न भएको थियो । तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेका थिए ।
सन् २०१४ को निर्वाचनमा पनि धोखाधडीको आरोप लागेको थियो । त्यस समयमा असरफ घानी र अब्दुल्ला अब्दुल्ला दुवैले धाँधलीको आरोप लगाएका थिए । त्यसपछि दुवैले सत्तामा शक्ति बाँडफाँड गरेका थिए । असरफ घानीलाई राष्ट्रपति र अब्दुल्ला अब्दुल्लालाई प्रमुख कार्यकारी बनाइएको थियो । २०१४ पछि दुवैको सम्बन्धमा पर्याप्त अविश्वास रहँदै आएको छ ।

अफगानिस्तानमा अमेरिका र तालिबान शान्ति सम्झौताको कोशिस भइरहेका बेला आएको परिणामले राजनीतिक संकट चुलिने अनुमान गरिएको छ । हिंसामा कमी भएपछि दुवै पक्षले कुनै सम्झौताको घोषणा गर्नसक्ने बताइएको छ । अफगानिस्तानका गृहमन्त्रीले तालिबानसँग वार्ताका लागि वातावरण बन्दै गएको बताएका छन् ।
सुरुमा तालिबानले सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै सरकारलाई अमेरिकाको कठपुतलीको संज्ञा दिँदै आएको थियो । उपराष्ट्रपति भइसकेका अब्दुल राशिद दोस्तमले गत साता नै असरफ घानीलाई विजेता घोषणा गरेमा अब्दुल्ला अब्दुल्ला र उनका समर्थकले समानान्तर सरकार गठनको घोषणा गर्नसक्ने बताएका थिए । यो निर्वाचनमा मतदान पनि सबैभन्दा कम भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 395 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सत्ता गठबन्धन बैठकः चुनावमा तालमेल गरेरै जाने