धनकुटाका थप १४ जना कोरोनामुक्त

धनकुटा । धनकुटाका थप १४ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन् । सदरमुकामको औद्योगिक ग्राममा निर्माण गरिएको आईसोलेशनमा उपचाररत १४ जना संक्रमित पुरुष निको भएर डिस्चार्ज भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत आठ जना प्रहरी, टेलिकममा कार्यरत चार जना, धनकुटा बजारका एक व्यापारी र एनआईसी एसिया बैंकमा कार्यरत एक कर्मचारी कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । भदौं १३ गते संक्रमण पुष्टि भएका उनीहरु ११ दिनमा कोरोनामुक्त भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँच जना प्रहरीको भने दोस्रो पटकको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ । योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि भई निको हुनेको संख्या ३४ पुगेको छ । धनकुटामा हालसम्म संक्रमण पुष्टि भएका ४३ संक्रमित मध्ये ८ जनाको औद्योगिक ग्रामकै आईसोलेशनमा उपचार भईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित)