उद्धब ठाकरे आज मेरो घर टुट्यो भोली तेरो घमण्ड टुट्छ : कंगना रनौत

मुम्बई । बलिउड नायिका कंगना रनौतले ट्विटरमा एक भिडियो शेयर गर्दै भनेकि छिन् ‘उद्धब ठाकरे तिमिलाई के लाग्छ ? तिमीले फिल्म माफियाको साथमा म संग बदला लियौ । आज मेरो घर टुट्यो भोली तिम्रो घमण्ड टुट्छ । याद राख समय सँधै एकनासको हुँदैन । काश्मिरी पण्डितहरुमाथी के भएको थियो आज मैले महसुस् गरेँ । म यो देशमा बचन दिन्छु । म अयोध्या माथी हैन काश्मिर माथी फिल्म बनाउछु ।’

कंगना बुधबार चण्ढीगढ मुम्बई फ्लाइट मार्फत मुम्बई पुगेकी थिइन् । उनी एअरपोर्ट पुग्दा करणी सेना कंगनाको समर्थनमा र शिबसेना विरोधमा नाराबाजी गर्दै थिए । आजै मुम्बई हाइकोर्टले मुम्बई महानगरपालिकाकोे कार्वाहीप्रति रोक लगाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 560 times, 1 visits today)

epaper

ताजा समाचार

स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’