काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर जितिया पर्व मनाउन आग्रह गरेका छन् । पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध गरेको बताएका छन् ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको भन्दै उनले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वानसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 513 times, 1 visits today)






