प्रविधिमैत्री बन्दै ट्राफिक प्रहरी

काठमाडौं । ट्राफिक प्रहरीले प्रविधिको सदुपयोग गर्दै ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार भन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम ढकालले एक वर्षमा सिसि क्यामेराको सहायतामा नियम उल्लंघन गर्ने १२ हजार भन्दा बढीलाई कारबाही गरिएको जानकारी दिए ।

सिसि क्यामेरामा कैद गरिएको नियम उल्लंघनको दृश्यको आधारमा पनि ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ ।

ट्राफिक नियम उल्लंघनकर्ता सवारीलाई सिसि क्यामेराले कैद गरेको दृश्यका आधारमा सवारी नम्बर टिपेर यातायात कार्यालयलाई पत्र पठाएर यातायात धनी पहिचान गर्ने काम महाशाखाले गर्ने गरेको छ । दुर्घटना गराएर फरार भएकाहरुलाई पनि सिसि क्यामेराकै सहायताले पहिचान गर्ने गरिएको छ ।

उपत्यकामा झण्डै २ हजारको संख्यामा सिसि क्यामेरा जडान गरिएको छ । ती मध्ये कतिपय भने सञ्चालनमा छैनन् । महाशाखा प्रमुख एसएसपी ढकालले नेपाल प्रहरीको रानीपोखरीस्थित आयुक्तको कार्यालय र महाशाखामा कनेक्सन भएका क्यामेराको सहायतामा काम गर्ने गरेको जानकारी गराए । ‘आयुक्तको कार्यालय र महाशाखाबिच कनेक्सन भएका क्यामेराहरु ४/५ सय रहेका छन्, त्यसैका आधारमा शान्ति सुरक्षा कायम गर्ने, ट्राफिक व्यवस्थापन गर्ने लगायतका काम हुँदै आएको छ ।’ उनले भने ।

कम छैनन् ट्राफिक प्रहरीका दुःख

सडक चोक र विभिन्न ठाउँमा उभिएर जाम कम गर्न गारउन २४ सै घण्टा खटिने ट्राफिक प्रहरीका दुःख पनि कम छैनन् । काठमाडौं उपत्यकाको साघुँरो सडक, पानी आउँदा हिलाम्मे हुने, यात्रु र सर्वसाधरणले जथाभावी बाटो काटिदिने लगायतका कारण जाम बढ्दा ट्राफिक प्रहरीमाथि दबाब थपिने गरेको छ ।

हिउँदमा धुलो, वर्षामा झरी भन्न नपाउने उनीहरुका लागि अहिले कोरोना भाइरसको महामारीमा पनि उत्तिनै खटिरहनु परेको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन, निषेधाज्ञा, जोर बिजोर प्रणाली कार्यान्वयनमा ट्राफिक प्रहरी अग्रस्थानमा खटिनु परेको छ ।

ट्राफिक प्रहरीहरु आफ्नो दुःख भन्दा पनि सवारी चालकले ट्राफिक हाम्रै जिवन रक्षा र नागरिक तथा चालकहरुकै सेवा र सुरक्षाका लागि खटिएका हुन् भनेर सहयोग नगरिँदा दुःख लाग्ने जनाउँछन् ।

यता, महाशाखाले काठमाडौ उपत्यकाको विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डहरू राखेर जनचेतना जगाउने काम पनि गरेको छ ।

उक्त बोर्डमा सकेसम्म सामाजिक दुरी कायम राखौँ, कोरोना विरूद्धको स्वास्थ्य मापदण्ड सधै पालना गरौँ, जोर विजोर नियमको पालना गरौँ, सधै मास्क लगाएर हिडौँ, अनावश्यक हिडडुल नगरौँ, ट्राफिक नियमको पालना गरौँ जस्ता सन्देशहरू लेखिएका छन् ।

ट्राफिक प्रहरीले मंगलबारदेखि उपत्यकाका दुई दर्जन स्थानमा काल्पनिक ट्राफिक प्रहरी (डमी) पनि राखेको छ । महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकालका अनुसार सवारी दुर्घटना कम गराउन र जनचेतना बढाउन उपत्यकाका दुई दर्जन स्थानमा डमी ट्राफिक प्रहरी राखिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 507 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा ९९ हजार मतगणना हुँदा रेणु दाहाल ८७५६ मतले अगाडि