सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया विवादमा परेपछि अगाडि नबढाउन निर्देशन दिएको छ । समितिले विहीबार यससम्बन्धी ८ वटा बुँदामा छलफल गरेको थियो । बैठकमा जीटुजी प्रस्तावमा प्रतिस्पर्धा नभएको, लागत अनुमान यथार्थ नभएको, पोल्यान्डको सरकारी कम्पनी पीडब्ल्युपीडब्ल्यू एस.ए.ले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनी केबीए नोटासल्सको प्रस्तावको बेवास्ता भएको विषयमा छलफल भएको थियो ।

त्यस्तै, विभिन्न कम्पनीको प्रस्तावित मूल्यमा ठूलो भिन्नता देखिएको, सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रिपरिषदको निर्णयमा थुप्रै अस्पष्टता देखिएको’bout पनि बिहीबारको बैठकमा छलफल भएको थियो ।

प्रेस खरिद प्रकरणमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा कमिसन विवादमा तानिएपछि यसको बहस चर्किएको छ । बाँस्कोटा विवादमा तानिएपछि समितिले छुट्टै छानबिन उपसमिति गठन गर्ने तयारी भएको बुझिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अब को प्रधानमन्त्री ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९