काठमाडौं । नेपाली सेना कल्याणकारी योजना निर्देशनालयद्वारा सञ्चालित रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, बाँसबारीकोे १५ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भयो ।
सैनिक श्रीमती संघका अध्यक्ष दिपा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सैनिक श्रीमती संघका पदाधिकारीहरूका साथै जिल्ला शिक्षा समन्वय इकाइका प्रतिनिधि र नेपाली सेनाका विभिन्न विभागका प्रतिनिधिहरूको सहभागिता थियो ।
विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल लालबहादुर रानाले विद्यालयको शैक्षिक कार्यक्रम र भावी योजना’bout प्रकाश पारे । विद्यालयका सम्पर्क अधिकृत सेनानी विनोद चौलागाईंले प्रधानसेनापति पूर्णचन्द्र थापाको शुभकामना सन्देश पढेर सुनाएका थिए ।
मुखपत्र लाेकार्पण, वेबसाइट र मोबाइल एप सार्वजनिक

कार्यक्रममा विद्यालयको मुखपत्र रिपुमर्दिनी रिदमको लोकार्पणका साथै वेबसाइट र मोबाइल एपको सार्वजनिक गरिएको थियो । विद्यलयका मावी काेअर्डीनेटर रामहरी लम्सालले दिएकाे जानकारी अनुसार वार्षिकोत्सवकै अवसरमा फागुन १ देखि ६ गतेसम्म विज्ञान विभागिय प्रमुख महेश प्रसाद भट्टकाे नेतृत्वमा दोस्रो बृहत विज्ञान प्रदर्शनी भएकाे थियाे । फागुन ३ गते सुरेम देशारकाे नेतृत्वमा पाचौं उपत्यकाव्यापी चित्रकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।
चित्रकलातर्फ उपत्यकाका २० विद्यालय र विज्ञान प्रदर्शनीमा १७ विद्यालयको सहभागिता रहेको थियो । चित्रकला प्रतियोगितामा बाबा बोर्डिङ स्कुलकी प्रकृति राना प्रथम, विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयकी आयुष लिम्बु द्वितीय र जेबी स्कुलका सरोज सुनार तृतीय भएका थिए । विद्यालमा वार्षिक रूपमा उत्कृष्ट पर्फमेन्स गर्ने विद्यार्थीहरूलाइ प्रिन्सिपल सम्पर्क अधिकृत तथा इसिए काेअर्डीनेटर उज्वल खनालले प्रमाण पत्र वितरण गरेका थिए ।