वीरगन्ज बजार बल्ल खुल्यो

वीरगन्ज । डेढ महिनपछिवीरगन्जमा सबै प्रकारका पसल खुलेका छन् । शुक्रबारबाट एकैपटक सबै पसल खुलेका हुन् । गएको भदौ १९ यता एक साइडमा पालो गर्दै खुल्न थालेका बजार क्षेत्रका पसल एकैपटक भने साउन १० यता बल्ल खुले ।

कोरोना महामारीको उच्च जोखिम बढेसँगै सुरुमा वीरगन्ज क्षेत्र र पछि जिल्लाभरिमा नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आर्थिक नगरी वीरगन्जका पसल प्रायः सबै बन्द थिए । बजारका पसल सबै खुले पनि त्यसको सुरक्षा सतर्कता भने व्यापारी आफंैले अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पसल खोल्ने सयय पनि बिहान ११ बजेबाट साँझ ४ बजेसम्मका लागि तय भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

तरकारी पसल बिहान ८ बजेसम्म मात्र खोल्न पाइने
सागसब्जी र तरकारीका पसल भने हरेक दिन बिहान ५ बजेबाट ८ बजेसम्म मात्र खोल्न पाइने जिल्ला सुरक्षा समितिको निर्णयमा उल्लेख गरिएको छ । अरूखाद्यान्न, लत्ता कपडा, हार्डवेयरलगायत सबै प्रकारका पसल भने बिहान ११ बजेबाट साँझ ४ बजेसम्म मात्र खोल्न मिल्ने गरी निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको पत्रमा उल्लेख छ ।

संक्रमणको महामारीबाट बच्न र आमनागरिकको जनजीविकालाई अलि सहज बनाउन संक्रमित संख्या केही घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए । ‘शनिबार भने कुनै पनि पसल खोल्न पाइनेछैन’,उनले भने । विद्यालय, ट्युसन सेन्टर, सिनेमा हल, जिम खानालगायत मठ मन्दिरजस्ता मानिसको बढी भीडभाड हुने अन्य संस्था चाहिँ अहिलेलाई खोल्न नमिल्ने जनाइएको छ ।
निषेधाज्ञा भने ३१ सम्म जारी

वीरगन्ज महानगरपालिकामा साउन १० गतेदेखि सुरु भएको निषेधाज्ञालगातार आगामी भदौं ३१ सम्म नै जारी रहने सुरक्षा समिति पर्साले जनाएको हो । साउन १९ गतेबाट पर्सा जिल्लाभर थपिएको निषेधाज्ञा साउन ३१ गतेको निर्णयबाट सेनासमेत परिचालन गरी भदौ १३ गते बिहान ५ बजेसम्मबढाइएको थियो ।

सो अवधि सकिनुपूर्व गएको भदौ १२ गतेको बैठकले जिल्ला भर लगाइएको निषेधाज्ञा पुनः खुम्च्याई वीरगन्ज बजार क्षेत्रमा मात्र लगाउने निर्णय ग¥यो । लगत्तै भदौ १९ गतेदेखि भने वीरगन्जको मुख्य बजार क्षेत्रका एकतर्फीपसल खुले ।

बिहीबार भएको नयाँ निर्णयपछि भने वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेका पसल शनिबारबाहेक प्रत्येक दिन निर्धारित समयमा खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत श्रीवास्तवले भने । अटेर गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने उनले बताए ।

व्यापारी भन्छन् राहत भयो
जिल्ला प्रशासन कार्यालय पर्साले गरेको पछिल्लो निर्णयले आम व्यापारी र सर्वसाधारणलाई केही राहत भएको व्यापारीको तर्क छ । पसलको भाडा र स्टाफको खर्च त के आफ्नै खर्च धान्नसमेत धौधौ भएको समयमा पसल खुलेपछि केही राहत भएको उनीहरूको भनाइ छ । वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधवलाल राजपालले पनि जनजीविकाका लागि केही राहत भएको बताए । संक्रमणबाट जोगिन र जोगाउन भने सबैको सहकार्यबिना सम्भव नहुने व्यापारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 813 times, 1 visits today)

epaper

ताजा समाचार

मकालु आधार शिविरमा पर्यटक र तीर्थयात्रीका लागि स्वास्थ्यकर्मीको टोली परिचालन