भो जाने सपना नदेख अबता छोरी त्यो घर महाँ
भन्दैथ्यौं जननी तथापि किन हो बिर्सिएर आए यहाँ

मिल्लने त्यो सुखको छमास नहुँदै छोडेर जाँदा पति
यो मनको बह लौ बिसाउन भनी टड्पेर रोए कति

राखी हिम्मत बाँच्नुपर्छ जसले भन्थ्यो मलाई जब
त्यै अर्ती मनमा लिएर म सधैं बाँच्नुछु भन्थे तब

पीडा भुल्न भनी म पढ्न अवता लाग्दैछु भन्थे पथ
बाँकी पन्ध्रदिनै पढाई नहुँदा फर्केछु व्यर्थै म त

छोराको तिथि त्यो छमास हुन’गो आऊँ बुहारी घर
भन्दा ती सुसुरा दुःखी हृदयले मैले कहाँ बुझ्छु र

आत्माले पतिको खुसी हुनगई मिल्ने छ शान्तै अनि
इच्छा नै नहुँदा अहो † किन हिँडे लागेन मार्लान् भनी

जाँदा त्यो पथमा मझैं विरहमा रुँदै’थी वनकी चरी
ल्याएँझै खबरै बसेर रुखमा कौवा करायो घरी

लेखेकै हुनुले म जान हिँडेकी के गर्र्नु कर्मै घर
बोलाको तिनले रहेछ जननी मार्नै मलाई तर

प्याराको छुननी छमास नदिई घोचपेच असाध्यै गरे
के थाहा यिनले निसान मकनै मार्लान् र भन्ने भरे

बाबाले लिन आउने खबर त्यो एक्कासी सबले सुने
रात्रीको पलमा अहो † किचनमा एक्कै मलाई थुने

छोराको सुविधा र जीवन बिमा खाली यसैले भनी
मारे है तिनले पिटेर जननी माथै फुटाए अनि

बाबाझैं गनिने समान ससुरा के गर्नु प्राणै लिए
मार्ने त्यो दिनमा म त्यो घर महाँ एक्कै परेकी थिएँ

खाली भूइँमा बसेर मुखमा गाँसै ल खाँदै थिएँ
त्यैबेला ससुरा लुकेर पछिता लाठी शिरैमा दिएँ

एक्कासी ससुरा पिटेर शिरमा लाठी प्रहारै गरी
त्यैबेला शिरमा थिचेर उनकी छोरीमिली प्राण हरी

जसको मै भरमा परेर घरमा आएँ उनैले लुटे
के जान्थ्यो सजिलै नि प्राण जननी घण्टौं मिलेरै कुटे

जेभेटे हतियार यवर्षि मकनै मारेनी प्राणै लिए
छैटौंको लिखितम् गरेर प्रभुले साँच्चै लिएका थिए

रोएरै नबसे डुबेर शोकमा बाबा र आमा पनि
हरेरै मुखलौ बुझाउ मन त्यो छोरा छ मेरी भनी

यस्तै भोग्नुथियो तथापि जननी बाब यहाँ लोकमा
प्याराकै सँगमा म पुग्छु सुखमा डुब्छौं र के शोकमा ।।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?