Friday, April 23, 2021
Home सौजन्य प्रकृतिमय संग्रहालय

प्रकृतिमय संग्रहालय

,

गुरुङ समुदायका ग्रामीणबस्ती गोरखा वारपाक । लाप्राकजस्ता रमणीय गाउँ । सफा वातावरण, होमस्टे सुविधा, सडक विस्तार । घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, बारपाक । २०७२ को भूकम्पपछि पुनर्निर्माण भइरहेछ, बारपाक ।

दरौदीे किनारैकिनार पुगिने बारपाक जाँदा दर्जनौं झरना र हिमशृंखला देख्न सकिन्छ । १ हजार १ सय ५० घरधुरी भएको बारपाकमा घले जातिको बाहुल्य छ । नेपालकै सुन्दर गाउँमध्ये अग्रस्थानमा रहेको बारपाकमा स्थानीयले होमस्टेसमेत व्यवस्था गरेका छन्् ।



गोरखामा लिगलिगकोटबाहेक अन्य सानाठूला गरी ३६ कोट छन् । सबैभन्दा अग्लो कोट अजिर हंशपुरमा छ । जसको उचाइ ६ हजार ५ सय मिटर छ । अन्यमा उपल्लोकोट, जुन हनुमान भन्ज्याङ पूर्वपट्टी उकालो चढेपछि भेटिन्छ । यो कोटमा वज्र भैरवको मूर्ति छ ।

शाहवंश राजतन्त्र सुरुवात भएको ठाउसँग लिगलिगकोट जोडिएको छ । प्राकृतिक दृष्टिकोणले पनि लिगलिगकोट सुन्दर र महŒवपूर्ण छ । यहाबाट मनास्लु हिमाल अवलोकन र गोरखा, लमजुङ र तनहूँका अधिकांश भूगोल देख्न सकिन्छ ।
पृथ्वी नारायण शाहअघि पहिला उपत्यकाका यक्ष मल्ल, पाल्पाका मणि मुकुन्दसेन तथा जुम्लाका राजा जितारी मल्लका पालामा पनि नेपाल एकीकरण प्रयास भएको पाइन्छ । त्यसबेला पाल्पा राज्य ठुलो थियो । गोरखा पनि पाल्पा राज्यको अधिनमा थियो । पाल्पाका राजा मणि मुकुन्दसेनको मृत्युपछि उनको छोराले गोरखा राज्यलाई आफ्नोे नियन्त्रणमा राख्न चाहेनन् । त्यसपछि विशाल गोरखा राज्य थुम, कोट र गाउका मुखियाले आफैं राज्य घोषणा गरी राज्य चलाउन थाले । यसरी राज्य विभाजन हुँदा लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट र वारपाकजस्ता राज्यमा गोरखा विभाजन भयो ।

राज्य सञ्चालन गर्दा राजा आवश्यकता पर्ने हुँदा लिगलिगकोटमा नयाँ परम्परा थालनी भयो । जुन परम्पराले प्रत्येक वर्ष विजया दशमीको दिन दौडबाट राजा छान्न थालियो । त्यसलाई लिगलिगकोट दरबारबाट चेपेनदीको चेपेघाटसम्मलाई १३ किमिको दूरी निर्धारण गरियो । राजा हुने दौड प्रतियोगिता १६१६ मा द्रव्यशाह राजा भएका थिए ।



नेपालको इतिहासमै गोरखा पहिचान र महŒव छुट्टै रहेको छ । एकीकरणका बेला ज्योतिषको ज्ञानबाट गणितीय शिक्षा दिने ज्योतिष कुलानन्द ढकालको जन्म गोरखामा भएको थिायो । साथै, भिमसेन थापा, लखन थापा र दोस्रो विश्वयुद्धमा बर्मासगको लडाइमा वीरता कमाई भीसी पदक पाएका गजे घलेको घर पनि गोरखामा थियो ।

शाह वंशका राजामा पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपती शाह, नर भुपाल शाह र पृथ्वी नारायण शाहको जन्म पनि गोरखामै भएको थियो । गोरखावासीका आराध्य देवता योगी गोरखनाथ नामबाट वा गाईको रक्षा गोरखामा गरिने ठाउँ भएकाले सोही आधारमा ठाउँको नाम गोरखा रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाटलाई ‘खर्क’ मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदाहुँदै गोरखा भएको अर्को प्रसंग पनि छ ।



राजसंस्था विलयपछि गोरखा जिल्लाको ऐतिहासिकस्थल पर्यटकीय केन्द्र बनेका छन् । गोरखा पुग्नेले शाहवंशका पालाका दरबार, कोट र मठ–मन्दिर अवलोकन गर्ने गर्दछन् । पृथ्वीनारायण शाहको जन्म भएको गोरखा दरबार पर्यटकका लागि आकर्षणको केन्द्र हो । यो दरबार राजा रामशाहको पालामै निर्माण भएको भन्ने भनाई छ ।

गोरखा बजारको मध्यभागमा रहेको अर्को दरबार पनि शाह वंशीय राजाको इतिहाससँग जोडिएको छ । यस दरबारले मल्लकालीन वस्तुकलाको नमुनाका प्रस्तुत गरेको छ । दरबारको झ्याल ढोका र टुँडालमा पौराणिक काष्ठ कलाको नमुना देख्न सक्छौं ।

गोरखा दरबारबाट करिब १ किमी उत्तर पूर्वमा पर्ने उपल्लोकोट दृश्यावलोकनका लागि उपयुक्त स्थानका रूपमा रहेको छ । यसस्थलबाट सूर्योदय हेर्न सकिन्छ । गोरखा बजार केन्द्रमा संग्राहालय छ । पृथ्वी नारायण शाहाले एकीकरण सुरु गरेको तल्लो दरबारमा रहेको संग्रहालयले गोरखा पुग्ने पर्यटकको स्वागत गरिरहेको हुन्छ । संग्रहालयको गेटैसम्म साना सवारी साधन पुग्दछ ।

संग्रहालय छिनेबित्तिकै ध्यान दरबारले ध्यान खिच्छ । त्यहाँ कुँदिएका बुट्टा, बनोटको कलाले सबैलाई लोभ्याउँछ । संग्रहालयको मुलढोटकाबाट छिरेपछि गोरखामा रहेका विभिन्न जातजातिको डमीले झनै कौतुहलता बढाउँछ । गुरुङ, कुमाल, भुजेल, कामी जातिको बेसभुषा र पेसा झल्कने डमी संग्रहालयमा राखिएको छ । दुरुस्त मानिस जस्तै देखिने डमीमा शैक्षिक भ्रमण आएका अझै धेरै समय भुल्छन्् ।

‘न्याय नपाए गोरखा जानु’ भन्ने भनाई प्रख्यात छ । उतिबेला न्याय निसाब छिन्ने गोरखा बजारमा एउटा चौतारो छ । यसलाई राजा राम शाहले न्याय दिने चौतारोका रूपमा चिनिन्छ । यसैलाई राम शाह चौतारो भनिन्छ । राम शाहले कुनै कचहरी, सभा, न्याय र उजुरी सुन्ने, महत्वपूर्ण निर्णय र न्यायका कार्य यसै चौतारोमा बसेर गर्थे । प्राकृतिक सुन्दरता, अनौठो भौगोलिक वातावरण, हिमालदेखि पहाडसम्म मैदानी भाग र ठूला टारले फैलिइएको छ, गोरखा । ऐतिहासिक कोट, शक्तिपिठ र भुरेटाकुरे राजाले निर्माण गरेका दरबार र कोटमौलामा बनेका मन्दिर धरोहर हुन ।

गोरखा काठमाडौंदेखि पाँच घण्टाको बसयात्रामा पुग्न सकिन्छ । पोखरा, चितवनबाट तीन घण्टाभन्दा धेरै समय खर्चनुपर्दैन । गोरखा बजार तनहुँ आँबुखैरेनीबाट २४ किलोमिटर दुरीमा पर्छ । इतिहास र ऐतिहासिक सम्पदा पहिचान गर्न पृथ्वीनारायण शाहादेखिको इतिहास अवलोकन गर्न गोरखा सदरमुकाम छाडेर अन्यत्र जान पनि पर्दैन ।

(Visited 137 times, 2 visits today)
Loading comments...

आजको समाचार

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

साताका लोकप्रिय समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

भारतबाट आएका थप ४० जनामा कोरोना देखियो

धनगढी । विश्वमा देखिएको कोरोनाको दोस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढेसँगै मृत्युदर पनि उच्च रहेको छ । पछिल्लो समय नयाँ प्रकृतिको कोरोना देखिएसँगै सुदूरपश्चिममा...

पूर्व मन्त्री सुवालकाे निधन

काठमाडाैं ।  समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उहाँकै निवास झोछेँमा निधन भयो । उहाँ ९३ वर्षको थिए । प्रजातन्त्रका लागि...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

उपत्यकामा कडाइ : लगाइएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडाैं ।  मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको...

ट्रेन्डिङ

गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रले सांसद पदबाट हटायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गृहमन्त्री राम बहादुर थापा‘ ‘बादल’ लाई राष्ट्रियसभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । थापाले दल...

सामाजिक न्याय : अल्पसंख्यकलाई समान अधिकार

समाजमा शक्ति, स्रोत साधन र अवसरको न्यायोचित साझेदारी वा वितरण हुन नसक्दा केही व्यक्ति र समुदाय बढी लाभान्वित हुन पुग्छन्, यसका कारण अर्को वर्ग...

चार वर्ष बित्दा पनि सम्पन्न भएन ढोलाहिटी–लेले सडक

काठमाडौं । विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको...

‘अभद्र व्यवहार भएको छैन’

काठमाडौं । नेपाल बक्सिङ संघले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा संघका महासचिव सविन भट्टाचार्यमाथि कुनै अभद्र व्यवहार नभएको बताएका छन् । संघले शनिबार प्रेस...

सरकारले काम गर्न नपाएपछि ताजा जनादेशका लागि निर्णय भएको हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

मोरङका ६ स्थानीय तहमा एक साता लकडाउन थप्ने निर्णय

मोरङ । मोरङका दक्षिण सीमावर्ती स्थानीय तहहरूले लकडाउनलाई एकसाता लम्ब्याउने निर्णय गरेका छ्न । विराटनगर महानगरबाहेक भारतसँग सिमा जोडिएका स्थानीय तहहरुले संयुक्त लकडाउन गर्ने...

३ जनाको नाम सिफारिस, आजै गर्भनर नियुक्ति हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले सरकारसमक्ष पूर्व...

विपन्न सिने मजदुरलाई राहत आइबारबाट

काठमाडौं । नेपाली चलचित्रमा ज्यालादारी काम गर्ने प्राविधिकहरूका लागि सहयोग जुट्न थालेको छ । पछिल्लो एक महिनाभन्दा लामो समयदेखि चलचित्रको छायांकन रोकिएपछि कामविहीन भएका...

जोकोभिचलाई सिनसिनाटी ओपन उपाधि

न्युयोर्क । विश्व नम्बर एक सर्वियन नोभाक जोकोभिचले वेस्टर्न एन्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् । न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस...

कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी...

न्यु क्यासलको महत्वाकांक्षामा बेल

लन्डन । साउदी अरेबियाको सार्वभौम धन कोषले इंग्लिस प्रिमियर लिग क्लब न्यु क्यासल युनाइटेड खरिद गर्ने प्रक्रिया अघि बढाइरहेको छ । विश्वव्यापी बनेको कोरोना...

मोफसलमा अनाथालयको आवश्यकता

राजधानी सहर काठमाडौंमा धेरै अनाथालय खुलेका र प्रयोगमा आइरहेका भए पनि काठमाडौंबाहिरका मोफसलमा अनाथालय खुलेको र तिनले प्रभावकारी काम गरेको भने देखिएको छैन ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)