Saturday, April 17, 2021
Home Editor-Picks गुणस्तरहीन फलामे डन्डी बेच्ने जगदम्बा स्टिल कारबाहीमा

गुणस्तरहीन फलामे डन्डी बेच्ने जगदम्बा स्टिल कारबाहीमा

,

काठमाडौ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डन्डी (रड)को गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री वितरणमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । आफूलाई नेपालको नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दाबी गर्दै उपभोक्ता झुक्याउँदै आएको जगदम्बा स्टिल्सले अहिले गुणस्तरहीन फलामे डन्डी बिक्री गरी उपभोक्तालाई चरम ठगी गर्दै आएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको हो ।

विभागले शुक्रबार सो कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको ‘१६ एमएमको टिएमटी बार’ फलामे डन्डी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । कारबाहीस्वरूप विभागले १६ एमएम साइजमा इजाजत रोक्ने, सो उद्योगबाट उत्पादित करिब ३ सय टन गुणस्तरहीन फलामे डन्डीलाई विभागका प्रतिनिधिको रोहवरमा स्क्राप (नष्ट) गरी बिक्री वितरण हुन नदिने निर्णय गरेको छ ।

विभागको निर्णयअनुसार जगदम्बाको बजारमा गएका ती सबै रड फिर्ता गर्नुपर्नेछ । जगदम्बा स्टिल्स उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरूप नपाइएपछि विभागले कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

संकलित नमुनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ ।

मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस्तो गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाउनुपरेको बताए । गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गर्दा यस्तो कमजोरी भेटिएको जानकारी गराउँदै उनले मापदण्डअनुसार नभएपछि बिक्रीमा रोक लगाइएको बताए । उनले अहिले सो ब्याचको सम्पूर्ण रड बजारबाट फिर्ता लिनसमेत निर्देशन दिइएको जानकारी गराए ।

अब बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउनसमेत सो उद्योगलाई निर्देशन दिएको बताउँदै पुडासैनीले भने, ‘विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ ।’

निर्देशनअनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका डन्डी फिर्ता लिनुपर्नेछ ।

उजुरीका आधारमा उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो । कार्बनको मान ०.३० प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले सो परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले जगदम्बा स्टिल प्रालिलाई लेखेको पत्रमा उल्लेख छ ।

जगदम्बा स्टिल प्रालिले फलामका डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको हो ।

परीक्षणको क्रममा जगदम्बा स्टिलको फलामे डन्डीमा केमिकलको मात्रा धेरै पाइएको छ । सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ ।

गत साउनमा काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डन्डी भाँच्चिएको फेला परेको थियो । सो डन्डी गुणस्तरहीन भएको भन्दै घरधनी भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो । डन्डी न्यून गुणस्तरको पाइएपछि कारबाही अघि बढाएको हो ।

अनुसन्धानको क्रममा फलामे डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कबाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा लापरवाही देखिएपछि उपभोक्ताको हितमा बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको विभागले जनाएको छ ।

यसअघि पनि जगदम्बा स्टिलका उत्पादनमा धेरै पटक प्रश्न उठेको थियो । समस्या आएका ठाउँमा सो कम्पनीले प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डन्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको थियो  ।

अहिले काठमाडौ महानगरपालिका–१६ बोहोराटारका भट्टराईको घर पनि बिमा गरिदिने र क्षतिपूर्ति दिने आश्वासन सो कम्पनीले दिएको बुझिएको छ । यस्तो घर निर्माणमा संलग्न सरोकारवालाले हाल जगदम्बालगायत केही उद्योगले टुक्रादेखि, खिया लागेर काम नलाग्ने कबाडी फलामसमेत संकलन र प्रशोधन गरी नयाँ रड बनाउने गरेकाले यस्तो समस्या आएको दाबी गरेका छन् । उनीहरूका अनुसार अहिले जगदम्बाले थोत्रा फलाम पगाल्न भट्टी बनाएको छ । उच्च तापक्रममा फलामका थोत्रा सामान पगालेर लिक्विड आइरन बनाइन्छ । क्रमशः तापक्रम घटाएर फलामको ब्लेड बनाइन्छ । त्यसलाई रड बनाउन प्रयोग गरिन्छ । यस्तो कबाडी फलाम पगालेर बनाइने रडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छ । प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ । अधिकांश उद्योगमा प्राइमरी ब्लेड, सेकेन्डरी ब्लेड प्रयोग गर्ने गरिन्छ । प्राइमरी ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलो पटक प्रयोगमा ल्याइएको हुन्छ । सेकेन्डरी ब्लेडमा खेरजाने खालका कबाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छ ।

शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको व्यावसायिक घराना हो । यसका सञ्चालक साहिल अग्रवाल हुन् । यही ग्रुपका अर्का सञ्चालक सुलभ अग्रवाल कोरोना महामारीबाट बच्न गत ११ चैतबाट सरकारले लगाएको लकडाउनको बेला ज्वरो नाप्न प्रयोग हुने थर्मलगन कालोबजारी गरेको अभियोगमा पक्राउ परेका थिए । यो ग्रुपअन्तर्गत अहिले करिब दर्जनौं कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो ।

अधिकांश उद्योगले विदेशका उच्च प्रविधियुक्त कम्पनीले रिसाइकल गरेका ब्लेड ल्याएर प्रयोग गर्छन् । केही स्टिल उद्योगले नेपालभित्रै कबाडी फलाम संकलन र प्रशोधन गरी प्रयोग गर्दै आएका छन् । तीमध्ये जगदम्बा कम्पनी पनि एक हो । जगदम्बाले आफैं प्रशोधन गरी ब्लेड बनाएर प्रयोग गर्दै आएको छ । प्राइमरी ब्लेडभन्दा प्रशोधन गरेको ब्लेड किलोमा तीन रुपैयाँ सस्तो पर्ने उद्योगी बताउँछन् । नेपालमा सञ्चालित स्टिल उद्योगले नयाँ प्रविधि भिœयाएर गुणस्तरीय रड उत्पादन गरिरहेको अवस्थामा नाम चलेकै उद्योगबाट गुणस्तरमा खेलाँची गर्नु गम्भीर त्रुटि हो ।

शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको व्यावसायिक गराना हो । यसका सञ्चालक साहिल अग्रवाल हुन् । यो ग्रुपअन्तर्गत अहिले करिब दर्जनौं कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो । जगदम्बाको गुणस्तरमा भने यसअघि पनि सधैँ प्रश्न उठ्दै आएको छ । जसका कारण उपभोक्ताले विभिन्न मानसिक तनाव बेहोर्दै आएका छन् ।

अहिले त्यस्तै तनाव जगदम्बा स्टिलका छड प्रयोग गर्ने बोहोराटार खरिबोटका उपभोक्ताले भोग्नुपरेको छ । बोहोराटारमा घर निर्माण गरेका भट्टराई आफ्नो बनाउँदै गरेको घरमा जगदम्बा स्टिलस्का छड पिटक्क पिटक्क भाँचिन थालेपछि त्यस्तै तनाबमा परेका हुन् । तीन तलाको घर सम्पन्न गर्न लागिसकेका भट्टराईले लकडाउनका बेला पनि नियमित निर्माण जारी रहेको घरमा गत २८ साउनको बिहान बेन्डिङ गर्न लागिएका १६ एमएमको जगदम्बाको रड पिटिक्क भाँचिएपछि अन्य रडहरू पनि परीक्षण गर्दा त्यसरी नै भाँचिएका थिए । त्यसपछि मात्र जगदम्बाको कर्तुत बाहिर आएको हो ।

(Visited 440 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

जुम्लामा अज्ञात रोगले गाउँ थला पर्याे, विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक

जुम्ला । जुम्लाको तातोपानि गाउँपालिका वडा नम्वर ७ ताम्तीमा अज्ञात रोगले विद्यार्थी थला परेका छन् । जनजागृति माद्यामिक विद्यालय ताम्तीका २६ जना छात्र छात्रा...

काँग्रेसकाे नेतृत्वमा मंसिरमा चुनाव गर्नुपर्छ : कोइराला

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।...

वैशाख ११ मा धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने भएका छन् । पुनर्निर्माण गरिएको धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

आहा ! ठडियो २२ तलाको धरहरा, ११ वैशाखमा उद्घाटन

काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक पुराताŒिवक सम्पदा धरहराको २२ तले संरचना ठहरिएको छ । पुनर्निर्माणअन्तर्गत संरचना तयार भएको धरहराको आगामी ११ वैशाखका...

ट्रेन्डिङ

भेटियो सिन्धुलीगढी युद्धकालिन भाले खुँडा, ऐतिहासिक घरेलु हतियार खोजी हुदै

सिन्धुली । सिन्धुलीगढी युद्धमा प्रयोग भएका घरेलु हतियार तथा तत्कालिन पुरातात्विक, ऐतिहासिक सामग्रीको खोजी सुरु भएको छ । कमलामाई नगरपालिका वडा नं. ३ मा...

चीनबाट ल्याइएका १७५ नेपाली कोरोनामुक्त, आज घर पठाउने तयारी

काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर खरिपाटीको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा...

सामाजिक सेवा दिवस मानाइयो

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्को सयुंक्त आयोजना तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) र गैरसरकारी संस्था महासंघको...

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने...

देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने

काठमाडौँ । कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, ६२ प्रतिशत निर्माण पूरा

पोखरा । नेपालका करिब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो । निर्माणाधीन विमानस्थल निर्धारित समयभन्दा ६ महिनाअघि नै संचालन...

वागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारीक रुपमै विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरुमा पनि परेको छ । प्रतिनिधि सभा विघटन भएपछि नयाँ राजनीतिक अवस्था सिर्जना...

तनहुँमा जीप दुर्घटना हुँदा १७ जना घाइते

पोखरा । तनहुँको शुक्लागण्डकी–३, हटियामा यात्रुबाहक जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दुलेगौंडादेखि ब्यागनतर्फ जाँदै गरेको ग१ज ६०१९ नम्बरको जिप शुक्लागण्डकी–३...

पूर्व लडाकुलाई ओलीले भनेँ ‘तपाईहरुको त्यागको सम्मान गर्छौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका पूर्व लडाकुहरुसंग प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा...

क्वारेन्टिनमा मृत्यु

डोटी । केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३...

बर्दियामा ६ जना कोरोना संक्रमित थपिए

बर्दिया । बर्दियामा शनिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको...

मल्लकालीन शैलीमा पुनर्निर्माण

ललितपुर । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ललितपुर महानगरपालिका–१६ काøगुननि स्थित मंकाः छेँको भवन मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको छ । डेढ वर्षभित्रमा सो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)