विदेश पठाइदिन्छु भन्दै बलात्कार गर्ने पक्राउ


काठमाडौं । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–६ हात्तिगौडा डेरा गरी बस्ने झापा गौरीगञ्ज–१ घर भएका ३५ वर्षीय सुवास संग्रौला र ३३ वर्षीय बिशाल संग्रौलालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले महिलालाई विदेश पठाइदिन्छु भन्दै ललाई फकाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्ज महानगरमा गठबन्धनका सिंहलाई १५ सय बढिको अग्रता