संखुवासभा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका केन्द्रीय सदस्थ तथा उपत्यका इन्चार्ज माइला लामा खाँदबारी कारागारमा जेल चलान भएका छन् । २५ हजार धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्लीराम प्रसाईले जानकारी दिए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालीन उपत्यका इन्चार्ज लामालाई संखुवासभा जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भए पनि रकम बुझाउन नसकेपछि कारागार चलान गरेको सूचना अधिकारी प्रसाई बताए ।
एनसेल मुख्यालयमा बम विस्फोटको आरोपमा पक्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गर्न आदेश दिएको थियो । सुनसरीबाट रिहा भएका लामालाई पुनः पक्राउ गरी बुधबार संखुवासभा ल्याइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 356 times, 1 visits today)