Thursday, September 24, 2020
Home Not-to-be-missed नेपाली फिल्म‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा

नेपाली फिल्म‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा

काठमाडौं । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । सोमबार भर्चुअल प्रेसमिटसँगै बुसानले यो सालको लाइनअप सार्वजनिक गरेको हो । सार्वजनिक लाइनअप अनुसार ‘ऐना झ्यालको पुतली’ बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको हो ।

यो सेक्सनमा नेपालसँगै विभिन्न देशका १० फिल्म छनोट भएका छन् । कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको ‘न्यु करेन्ट सेक्सन’ मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (नेरु ३५ लाख) प्राप्त गर्नेछन् । योसँगै ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ । यसअघि नविन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ न्यु करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसिओके अवार्डमा छनोट भएको थियो । किम जेसिओके अवार्डमा पनि दुई फिल्मलाई नै पुरस्कृत गरिन्छ तर यसको रकम १० हजार अमेरिकी डलर मात्र रहेको छ । कान्स, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५ औं संस्करण हो । कोभिड १९को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न हुने फेस्टिभल यो साल अक्टोबर २१ मा सुरु भएर ३० मा सकिनेछ ।

लेखक/निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए, जुन १४ मिनेट अवधिको लघु फिल्म थियो ।

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या)को सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ । सुजितले बालिकाको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए । ‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ ,‘ सुजितले भने, ‘उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ । यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिविम्ब देख्न सक्छौं ।’ विद्या र उनको ९ वर्षको भाइ (बसन्त) बीचको बालसुलभ सम्बन्ध पनि फिल्ममा मियोको रुपमा रहेको सुजितले बताए । ‘ दिदीले आफ्नो सपनामा बिट मार्न लागेको देखेपछि उनलाई मद्दत गर्न भाइले गर्ने प्रयत्न फिल्मको महत्वपूर्ण हिस्सा हो । यो सम्बन्धमार्फत् फिल्मले पितृसत्तात्मक सोचमा पनि बदलाव आउनु पर्ने आवश्यकतालाई इंगित गरेको छ ,’सुजितले भने ।

कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको ‘न्यु करेन्ट सेक्सन’ मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (नेरु ३५ लाख) प्राप्त गर्नेछन् । योसँगै ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस   आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पसंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

‘ऐना झ्यालको पुतली’को निर्मातामध्येका एक रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको अर्को फिल्म ‘रिभर इन दि मिरर‘पनि बुसानकै एसियन प्रोजेक्ट मार्केटमा छानिएको छ । निर्माता पोखरेलले यो फिल्म भुटानी निर्माता ÷निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा निर्माण गर्न लागेका हुन् । एसियन प्रोजेक्ट मार्केट एसियाका फिल्ममेकरका लागि प्रोड्युसिङ पार्टनर खोज्ने उत्कृष्ट प्लेटफर्म मानिने गरेको छ ।

(Visited 24 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

धेरै पढिएका

नेकपा: मंसिरमै सदस्यता नवीकरण गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमै पार्टी सदस्यता नवीकरण गर्नुपर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आइतबार बसेको संगठन विभागको...

प्यूठान ‘लक डाउन’

प्यूठान । प्यूठान ‘लक डाउन’ जस्तै भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद...

पोखरामा मास्क नलगाई हिँड्ने २१ जना पक्राउ

पोखरा । पोखरामा बिनामास्क हिँड्ने २१ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले कास्कीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका सबै...

बेइमानी गर्न राजनीतिमा आएको हैन : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन् । जिल्ला सहकारी सङ्घ लिमिटेड काभे्रपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज...

ई-पेपर

(Visited 63 times, 1 visits today)