विद्यालयमा होइन, अब विद्यार्थीको घरघरमै शिक्षक

बर्दिया । मुलुकमा कोरोना कहर अझै कायमै छ । कोरोना कहर सुरु भएयता ५ महिना देखि विद्यालय बन्द छन् । पठनपाठन ठप्प छ । विद्यार्थी– शिक्षक घरमै थन्किएर बस्न बाध्य छन् । यस्तो अवस्थामा जिल्लाको बारबर्दिया नगरपालिकाले शिक्षण सिकाईको नौलो अभ्यास सुरु गरेको छ ।

बारबर्दियाले वैकल्पिक माध्यमबाट शिक्षण सिकाईका लागि गृह तथा घुम्ती शिक्षकको सहयोगबाट विद्यार्थीहरुले घरमै पठनपाठन गर्न सक्ने वातावरण सिर्जना गरेको छ । यसका लागि परियोजना कार्य तथा प्रश्नहरुको संगालो तयार गरिएको छ । यो परियोजना कार्य तथा प्रश्नहरुको संगालो विद्यार्थीको घरघरमा पुर्याइएको छ ।

विद्यार्थीहरुले घरमै बसी आफुसँग भएको पाठ्यपुस्तक अध्ययन गरि प्रश्नहरुको उत्तर लेख्ने गर्छन । विद्यार्थीहरुलाई सिकाई सहजीकरण गर्न शिक्षकहरु उनीहरुकै घरमा पुग्छन्

पहिलो चरणमा करिव २५ प्रतिशत पाठ्यभार समेटिने गरि परियोजना कार्य विद्यार्थीहरु समक्ष पुर्याइएको छ । यो परियोजना कार्यको समयावधी ५० दिनको रहेको छ । पालिकाले यो वैकल्पिक शिक्षण विधी साउन ४ गतेदेखि लागू गरेको हो ।

परियोजना कार्यमा पाठ्यपुस्तकसँग सम्वन्धित प्रश्नहरु समाबेस गरिएको छ । विद्यार्थीहरुले घरमै बसी आफुसँग भएको पाठ्यपुस्तक अध्ययन गरि प्रश्नहरुको उत्तर लेख्ने गर्छन । विद्यार्थीहरुलाई सिकाई सहजीकरण गर्न शिक्षकहरु उनीहरुकै घरमा पुग्छन् । शिक्षकहरुलाई पायक पर्ने टोलमा घुम्ती शिक्षकको रुपमा खटाइएको छ । सातामा कम्तीमा तीन पटक शिक्षकहरु विद्यार्थीको घरमा पुग्छन् ।

विद्यार्थीहरुले गरेको परियोजना कार्य जाच्ने गर्छन । भौतिक दुरी कायम गरि विद्यार्थीलाई पाठ्यपुस्तकका विषय बस्तुहरु पनि सिकाउँछन् । विद्यार्थीको अभिभावकलाई गृह शिक्षकको रुपमा राखिएको छ । अभिभावको प्रत्यक्ष सहयोगमा विद्यार्थीहरु घरमा पढने गर्छन । सातामा एक पटक शुक्रबार शिक्षकहरु विद्यालयमा भेला भएर शिक्षक सिकाईका सहजता र जटिलताका ’boutमा आपसमा छलफल गरि थप योजना बनाउने गर्छन ।

परियोजना कार्यमा हरेक विषय समेटेर ५० दिनका लागि छुट्टाछुट्टै प्रश्नावली तयार गरिएको छ । विद्यार्थीले प्रश्न गरे नगरेको शिक्षक घरमै पुगेर जाँच गर्छन । विद्यार्थीले पढे नपढेको जाँच गर्न प्रश्नको अन्तिममा अभिभावक, गृह शिक्षक र घुम्ती शिक्षको हस्ताक्षर राखिएको छ ।

शिक्षक नै घरघरमा आउन थालेपछि विद्यार्थीको पढाइमा चासो र सक्रियता बढेको बारबर्दिया नगरपालिका शिक्षा शाखा अधिकृत टिकानाथ गोसाईले बताए । उनी भन्छन्, ‘विद्यार्थीहरुले घरमै शिक्षण सामाग्री पाएका छन् । सहजीकरणका लागि शिक्षक घरघरमै जान थालेका छन् । जसले गर्दा विद्यार्थीको पढाईमा सक्रियता बढेको छ । ’ शिक्षण सिकाईको यो वैकल्पिक उपाय निकै प्रभावकारी बन्दै गएको शिक्षा शाखा अधिकृत गोसाई बताउँछन् । विद्यार्थीले गरेको परियोजना कार्यलाई नै उनीहरुको मूल्याङ्खकनको आधार मानिने शिक्षा शाखा अधिकृत गोसाईले जानकारी दिए ।

यो पालिकामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई वैकल्पिक विधीबाट शिक्षण सिकाई सुरु गरिएको छ । बालविकासदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि पनि छुट्टै पाठ्यबस्तु तयार गरि उनीहरुको घरमा पुर्याइएको छ । विद्यालय बन्द हुँदा लामो समयदेखि पढाईबाट वञ्चित भएका विद्यार्थीहरु घरमै बसेर पढन पाउँदा अभिभावक विद्यार्थी दुबै खुशी भएको स्थानिय अभिभावक पे्रमलाल शर्माले बताए । उनले भने, ‘ विद्यार्थीको समय खेर गइरहेको थियो । यस्तो बेला वैकल्पिक शिक्षण बिधीले विद्यार्थी र अभिभावक दुबैलाई निकै उत्साहीत बनाएको । विद्यार्थीको पढाईमा सक्रियता बढेको छ । ’

पालिकाले संचालन गरेको वैकल्पिक शिक्षण विधी अत्यन्त प्रभावकारी रहेको अंशुवर्मा माविका प्रधानाध्यापक पोमराज शर्माले बताउँछन् । पहिलो चरणको ५० दिने परियोजना कार्य आसोजमा सकिने र त्यस लगत्तै दोस्रो चरणको योजना सुरु गर्ने नगरपालिकाको योजना छ । बालबालिकाको सिकाई प्रकृया अवरोध नहोस्, घरमै बसेर भएपनि पढ्न पाउन भनेर वैकल्पिक शिक्षण विधीको अवधारण ल्याइएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले बताए ।

बारबर्दिया नगरपालिकामा माध्यमिक र आधारभूत गरि ४२ वटा सामुदायिक विद्यालय छन् । जसमा करिव १५ हजार विद्यार्थी अध्ययनरत् छन् ।

तपाइको प्रतिक्रिया
(Visited 456 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्द्रकोट –१ मा गठबन्धनको प्यानल नै विजयी