Thursday, November 26, 2020
Home Editor-Picks अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु

लन्डन । बेलायतका अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पुनः सुरु भएको छ । केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि केही समयका लागि खोप परीक्षण स्थगन गरिएको थियो । खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको स्वास्थ्य समस्या देखिएलगत्तै सम्पूर्ण परीक्षण कार्य स्थगन गर्नुपरेको कम्पनीले गत मंगलबार जनाएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको अस्ट्राजेनिका कम्पनी अहिले खोप विकासमा अग्र स्थानमा छ । हाल यस खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ । यस कम्पनीले कोरोनाको औषधिसमेत निर्माणको प्रयास जारी राखेको छ ।

अक्सफोर्डले जारी गरेको पछिल्लो विज्ञप्तिमा बेलायतका सबै परीक्षण केन्द्रबाट खोप दिन थालिएको उल्लेख छ । बेलायती नियामक निकायहरूले पनि खोप परीक्षण गर्न अनुमति दिइसकेको अक्सफोर्डले जनाएको छ ।

अस्ट्राजेनिकाका एक प्रवक्ताले खोप परीक्षणमा सहभागी व्यक्तिमा देखिएको स्वास्थ्य समस्याबारे अध्ययन गर्न एक स्वतन्त्र समितिले काम गरिरहेको जानकारी दिए । ठूलो संख्यामा परीक्षण कार्य भइरहेकाले एकाध व्यक्तिमा समस्या देखिनु स्वाभाविक रहेको बताउँदै कम्पनीले त्यस्तो समस्याको निराकरणका उपाय पहिल्याउन जरुरी हुने जनाएको छ । कम्पनीले ती व्यक्तिको पहिचान खुलाएको छैन ।

यो पनि पढ्नुहोस   चिराइतोले मुल्य नपाउँदा भोजपुरका कृषक निराश

अक्सफोर्डका अनुसार स्वतन्त्र समीक्षा टोली र नियामक निकाय दुवैबाट स्वतन्त्र छानबिनपश्चात् खोप परीक्षण पुनः सुरु गरिएको हो । संयुक्तराज्य अमेरिकामा अस्ट्राजेनिकाले ३० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराएको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले पुनः खोप परीक्षण सुरु भएकामा खुसी व्यक्त गरेका छन् । उनले खोप परीक्षण पुनः थालनी भएको समाचार सबैका लागि खुसीको कुरा भएको बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर करिब १८ हजार व्यक्तिले खोप लगाइसकेका छन् । बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र अमेरिकासमेतका सर्वाधिक असर परेका मुलुकमा खोप परीक्षण कार्य भइरहेको छ ।

ब्राजिलको स्वास्थ्य नियामक निकाय एन्भिसाले अक्सफोर्ड खोप ब्राजिलमा पुनः सुरु गर्न अनुमति दिइसकेको जनाएको छ । अस्ट्राजेनिका हाल विश्वमा तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण गर्ने विभिन्न ९ कम्पनीमध्ये एक हो । हाल अक्सफोर्ड र अस्ट्राजेनिकाबाहेक अमेरिकाको मोडर्ना र पिफाइजर तथा जर्मनीको बायोएनटेक तेस्रो चरणको खोप परीक्षणमा जुटेका छन् ।

यस्तै रुसले स्पुतनिक भी बनाइसकेको दाबी गरेको छ भने चीनले समेत खोप परीक्षण तेस्रो चरणमा पुगेको जनाएको छ ।

(Visited 114 times, 2 visits today)
Loading comments...

आजको समाचार

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

भूमिमा रहेको द्वैध स्वामित्व सदाका लागि अन्त्य गरिने : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखी जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य...

निर्यातमा चीनको टीबीटी र एसपीएसका अवरोध

नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ । तर व्यापार सहजीकरण र व्यापार न्यूनीकरण कुनै कदम ठोस रूपमा...

रेमिट्यान्स आयातमा वृद्धिः चालू खाता र शोधनान्तर स्थिति बचतमा

काठमाडौं । चालूआर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्समा १२.६ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार तीन महिनामा २ खर्ब ५८ अर्ब ८६...

साताका लोकप्रिय समाचार

त्रिशूलीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

चितवन । इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...

आधिकारिक ट्रेड युनियनको निर्वाचन फेरी स्थगित

काठमाडाैं ।  सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर...

तीन लाख २० हजार घुस लिँदै गर्दा पक्राउ परे नायवसुब्बा सहित २ कर्मचारी

तुलसीपुर । दाङको तुलसीपुर स्थित मालपोत कार्यालयका वरिष्ठ नायवसुब्बा सहित २ जनालाई अख्तियारको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयका वरिष्ठ...

बद्रीलालको एकल अग्रता

जिरी । पर्यटकीय नगरी जिरीमा जारी जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगितामा तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले एकल अग्रता कायम गरेका छन् ।...

सार्वजनिक खर्चमा कटौती सकारात्मक

सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्ने नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएपछि सरकारको सो कदमको सबैतिर स्वागत गरिएको छ । आम जनतामा पनि यसको सकारात्मक प्रभाव...

ट्रेन्डिङ

‘नेपाल र चीनबीच सीमा विवाद छैन’

काठमाडौं । परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१...

अघि बढ्यो बर्दिबास–इनरुवा रेल सञ्चालन प्रक्रिया

सप्तरी । नेपाल सरकारले मेची–महकाली विद्युतीय रेलमार्ग परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखी आवश्यक प्रक्रिया अघि बढाएको छ । बुधबार राजविराजमा...

मुटुमा प्वाल भएकी बालिकाको उपचारका लागि २५ हजार सहयोग

काठमाडौं । दोलखा सिंगटीकी ४२ वर्षिया पम्फा थापाको छोरीको मुटुको उपचारका लागि राष्टिय बाल अधिकार परिषद्ले २५ हजार नगद सहयोग गरेको छ । कोरोना महामारीपछि खुलामञ्चमा...

मैले कसैको नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिफरिस गरेको छैन : बामदेव

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले आफुले कसैको नियुक्तिका लागि सिफारिस नगरेको बताएका छन् । ‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई...

विमानस्थल भन्सारले सुरु ग-यो मेनिफेस्ट मोड्युल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आशिकुडा प्रणाली (नेपाल कस्टम्स अटोमेटेड सिस्टम्स)अन्तर्गत विकास गरिएको ‘मेनिफेस्ट मोड्युल’को सुरुवात गरिएको छ । भन्सार विभागका महानिर्देशक...

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

वामदेवको मुद्धामा राय बाझियो

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा जारी भएको आदेशमा राय...

प्रस्तावित राजदूत अनुमोदितः उच्च तहको भ्रमण गराइने प्रतिबद्धता

काठमाडौँ । संघीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुुमोदन गरेको छ...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

भर्खरै

सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै...

यस वर्ष जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने...

सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर...

धेरै पढिएका

चलचित्रमा चहलपहल सुरु

काठमाडौं । तिहार सकिएसँगै नेपाली चलचित्र वृत्तमा चहलपहल सुरु भएको छ । चलचित्र मुहूर्तदेखि छायांकन सुरु हुन थालेका छन् । कोरोना संक्रमणका कारण मुलुकमा...

पेन्सन बुझनका लागि झुलाघाट नाका ५ दिन खोलिने

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका...

कोभिडका कारण पहिलो त्रैमासमा बैंकको नाफामा कमी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा धेरै वाणिज्य बैंकको नाफा घटेको छ । कोभिड–१९ संक्रमणको महामारीले गर्दा बैंकको नाफा घटेको हो ।...

सेयर बजारमा ‘रेकर्ड ब्रेक’

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार रकम र नेप्से सूचक दुबैले ऐतिहासिक रेकर्ड कायम गरेको छ । पुराना रेकर्ड तोड्दै ऐतिहासिक रेकर्ड कायम...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   चिटिक्क अरनिको राजमार्ग (फोटोफिचर)

नेकपा गम्भिर अवस्थामा : प्रचण्ड

(Visited 90 times, 1 visits today)