लन्डन । इंग्लिस फुटबल लिग कप (ईएफएल)मा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा कुनै पनि गोल ननिस्किएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा लिइएको थियो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक बनेको थियो ।

दुई टोलीले २४ पेनाल्टी प्रहार गर्दा बर्नमाउथ ११–१० ले विजयी हुँदै दोस्रो चरणका पुग्न सफल भयो । अन्तिम पेनाल्टीमा क्रिस्टल प्यालेसका मिलिभोजेभिक चुकेका थिए । बर्नमाउथका डाभिड ब्रुक्स, साम सुरिज, फिलिप बिलिङ, लोयड केल्ली, डोमिनिक सोलांके, ज्याक सिम्पसन, डान गोस्लिङ, जेफर्सन लेर्मा, नाम्दी ओफोबोर र जोर्डन जेमुराले गोल गर्दा एस्मिर बेजोभिक चुके ।

क्रिस्टल प्यालेसका लुका मिलिभोजेभिक, मिचे बात्सुयाई, एन्डोर्स टाउट सेन्ड, इविरेची इजी, जोर्डन एयु, म्यास मेयर, मामोडोउ साको, मार्टिन केल्ली, रायन इनिस र जारोस्ला ज्याकले गोल गर्दा ११औं पेनाल्टीमा वाइन हेनेसी गोल गर्नबाट चुके । त्यसपछि बर्नमाउथका डाभिड ब्रुक्सले गोल गर्दा प्यालेसका लुका मिलिभोजेभिकको प्रहार बर्नमाउथका गोलरक्षकले एस्मिर बेगोभिकले बचाउँदै जित दिलाए ।

त्यसअघि पहिलो हाफमा साम सुरिजले गोल गरेपनि भीएआरबाट मान्यता नपाउदा बर्नमाउथ अग्रता लिनबाट चुकेको थियो । उनी अफसाइड देखिएका थिए । अब बर्नमाउथले अर्काे चरणमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन