तरकारी खेतीमा रमाउदै करिश्मा मानन्धर

काठमाडौं । लामो समय नेपाली चलचित्र क्षेत्रमा सक्रिय नायिका करिश्मा मानन्धरले ललितपुरमा फार्म हाउस खोलेर तरकारी खेती सुरु गरेकी छिन् ।

उनको फार्म हाउसमा माछा पोखरी सहित विभिन्न जातका तरकारी पाइन्छ । ललितपुरको गाेदामचौरमा दुई वर्षअघिदेखी खेती सुरु गरेकी करिश्माले अघिल्ला वर्ष धान खेती गरेकी थिइन् । ‘धान खेतीबाट खासै राम्रो आम्दानी भएन यसपालीबाट तरकारी खेती सुरु गरेँ ।’ उनले भनिन् ।

कोरोना संक्रमणपछि तरकारी खेती सुरु गरेकी करिश्मा यसपाली पानी धेरै परेकाले तरकारी अलि ढिला भएको बताउछिन् । त्यसो त उनको निवास पनि फार्म हाउस जस्तै छ ।

गोदावरी बस्दै आएकी करिश्माको घरमा अहिले पनि अम्बा, आरु, हलुवाबेद, जामुनलगायतका फलफूलका बोट बिरुवा छन् । केही लोकल कुखुरा पनि पालेकी छिन् ।

चलचित्रमा अभिनय गर्दा गर्दै डा. बाबुराम भट्टराई नेतृत्वको ‘नयाँ शक्ति’ पार्टीमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी करिश्मा राजनीतिमा रमाउन सकिनन् । कृषिकर्मलाई भने निरन्तरता दिने योजना छ उनको ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रोल्पामा चार पार्टीबीचको झडपमा कांग्रेस उम्मेदवार घाइते