महिला हिंसा दर्शाउने ११ तस्विर (फोटोफिचर)

काठमाडौं । अहिले एउटा फोटोस्टोरि सामाजिक संजालमा चर्चाको विषय बनेको छ । नेपालमा बढ्दै गएको महिला हिंसालाई इंगित गर्ने गरी ११ ओटा तस्वीरमा प्रस्तुत गरिएको छ ।

यी तस्विर हेर्दा गर्दै प्रकाश सपुतको गीत ‘बद्ला बरिलै’ को भिडियो याद आउछ । जहाँ महिला माथीको अत्याचारलाई कलात्मक ढङ्गले बद्ला सहित प्रस्तुत गरिएको छ ।

यो कन्सेप्टको फोटोस्टोरी हेटौंडाका फोटोग्राफर आदर्श पराजुली र उनको टिमले तयार पारेको हो । हेटौंडामा ‘न्यु क्रियशन स्टुडियो’ संचालन गरेर फोटो तथा भिडियोको काम गर्दै आएका पराजुली र उनको टिमले महिला हिंसा विरुद्ध सचेतना अभियान सहित यो फोटो स्टोरी तयार पारेको जनाएको छ ।

पछिल्लो समय नेपालमा बलात्कारजन्य घटना दिनदिनै बड्दै गैरहेको छ । एसिड आक्रमण, बलात्कार, दाइजो प्रथालगायतले महिलाको ज्यानै जाने गरेको छ ।

१३ बर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् । यस्तै घटनाहरुलाइ फोटोबाट पनि सचेतना र सम्बन्धित निकायलाई दवाव दिन सकिन्छ भन्ने पराजुलीको ठम्याई छ ।

तस्वीरमा एक युवतीमाथी केही युवाहरुले आक्रमण र जबर्जस्ती गरेको देखिन्छ । यी तस्विरले समग्र महिलाहरु माथी हुने हिंसा को प्रतिनिधित्व गरेको छ ।

बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगको हेटेक्स स्कुलको क्षेत्रमा उक्त फोटोहरु सुट गरिएको हो । श्रृङ्गारको काम दि सुस्मा मेकअपले गरेको छ । ‘प्रत्येक नारी देवीको रुप हुन्, जसरी आमाको सम्मान गरिन्छ, त्यसैगरी नारीको सम्मान गर्न सिकौँ भन्ने’ सन्देश सहित उक्त तस्वीरहरुलाई सार्बजनिक गरिएको हो । हेरौ फोटोस्टोरी

तपाइको प्रतिक्रिया
(Visited 2,191 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?