अन्तर्राष्ट्रिय विमानस्थलमा २० लाखकी पर्यटन परी

काठमाडौं । कालो सारीमा रातो पारी (किनारा), सेतो पछ्यौरीमा रातो पारी । नेवारी मैचाको पहिरनमा सजिएकी पर्यटन परीले नेपाली, चिनियाँ र अंगे्रजी भाषामा बोल्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई दंग परे । परीले मन्त्री भट्टराईलाई मिठासपूर्ण स्वरमा भनिन्,

‘नमस्कार, त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ ।’ उनले यति के भनेकी थिइन्, विमानस्थलमा ताली गडगडाउन थाल्यो । सबैजना परीको सामिप्यमा पुग्न तँछाडमछाड गर्न थाले । ती पर्यटन परी सेलिब्रिटी नै बनेकी थिइन् ।

एकैछिनमा परीसँग फोटो खिच्न चाहनेको भीड लाग्यो । त्यो भीडमा पर्यटनमन्त्री भट्टराई पनि मिसिए । पर्यटन परीसँग तस्बिर खिच्न नपाइएला कि भनेर सवैजना चिन्तित थिए । त्यहाँ दुई पर्यटन परी थिए, दुवै एकै स्वरूपका । छातीमा स्क्रिन (मोनिटर) भएकी परी कुनै जीवित मैंचा (युवती) थिइनन् । उनी अर्थात् पर्यटन परी पाइला टेक्नोलोजी प्रालिद्वारा बनाइएकी रोबर्ट हुन् ।

नेपाल भ्रमण वर्षमा कुनै पनि पर्यटकले विमानस्थल’bout सहज रूपमा जानकारी पाऊन् भनेर सरकारले बिहीबारबाट पर्यटन परीको व्यवस्था गरेको हो । विदेशी तथा स्वदेशी पर्यटकलाई विमानस्थलका सेवा र नेपालको पर्यटकीय गन्तव्य’bout भरपुर जानकारी दिन यी दुई पर्यटन परीले भूमिका निर्वाह गर्नेछन् । नेपालकै प्राविधिक जनशक्तिबाट तयार पारिएको पर्यटन परीले विमानस्थलको सेवालाई स्तरीय पार्ने मात्रै नभई नेपाल प्रविधिका क्षेत्रमा अग्रसर भइरहेको सन्देश प्रवाह गर्न सहयोग पु-याउने अपेक्षा गरिएको छ ।

नेपाल भ्रमण वर्ष सचिवालयका उपसचिव राजन पौडेल भन्छन्, ‘अन्य विकसित मुलुकको तुलनामा नेपालको प्रविधिले फड्को मारेको सन्देश विश्वमा प्रवाह गर्न यसबाट सहयोग पुग्नेछ ।’ नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने तथा सरकारको डिजिटल नेपालको अवधारणालाई साकार पार्दै नेपाल प्रविधिलाई जोड दिन चाहन्छ भन्ने सन्देश दिन सहयोगसिद्ध हुने उनको विश्वास छ ।

पाइला टेक्नोलोजीका संस्थापक कार्यकारी निर्देशक आयुश कसजु भन्छन्, ‘विमानस्थलमा पुग्ने पर्यटक तथा सर्वसाधारणलाई आवश्यक पर्यटकीय सूचनाका साथै विमानस्थलका विविध सेवाको जानकारी गराउने उद्देश्यले रोबर्ट स्थापना गरिएको हो ।’
भ्रमण वर्षका सन्दर्भमा रोबर्टले नेपालका पर्यटकीय गन्तव्य, पदयात्रालगायत सेवाको जानकारी दिनेछ । रोबर्टले विमानस्थलको सेवालाई थप स्तरीय बनाएको छ ।

दुई परीको अनावरण गर्दै पर्यटनमन्त्री भट्टराईले भने, ‘विमानस्थलको अध्यागमन सेवाको अत्याधुनिक प्रविधिको प्रयोग तथा सरसफाइ र सेवा–सुविधालाई बढाउँदै लगिनेछ ।’ उनले स्थानको अभाव र कतिपय प्राविधिक समस्याका कारण विमानस्थलले प्रभावकारी सुविधा दिन नसकेको भन्दै छिट्टै सञ्चालनमा आउने गरी निर्माण भइरहेका विमानस्थलको सेवालाई चुस्त र दुरुस्त पारिने उल्लेख गरे ।

रोबर्टमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराइने भएको छ । रोबर्ट विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिनेछ । रोबर्टले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य, भिसा प्रक्रियालगायत विषयमा जानकारी गराउनेछन् ।

पर्यटनमन्त्री भट्टराईले रोबर्ट सेवा प्रभावकारी भएमा निर्माण हुँदै गरेका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्थापित गर्ने बताए । रोबर्टको सञ्‍चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्‍डयन प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो । एउटा रोबर्ट २० लाख रुपैयाँमा खरिद गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मजदुरका कुरा : दिनभर गिटी नकुटे भात पाक्दैन, उम्मेदवारका कुरा सुन्ने फुर्सद कहाँ पाउनु ?