मिलान र टोटेनहमलाई सफलता

डब्लिन । भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच र हकान कलहानोग्लुले गोल गरेपछि इटालियन क्लब एसी मिलानले यूईएफए युरोपा लिगको छनोटमा आयरल्यान्डको सामरक रोभर्समाथि उसकै मैदानमा २–० को सहज जित निकालेको छ । टल्लाट स्टेडियम डब्लिनमा बिहीबार राति भएको खेलमा मिलानको जितमा ज्लाटनसँगै हकान कलहानोग्लुले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

घरेलु टोलीविरुद्ध खेलको सुरुवातदेखि नै बल पोजेसनमा पकड बनाएको मिलानले खेलको २३औं मिनेटमा अग्रता लिएको थियो । हकान कलहानोग्लुको पासमा अनमार्ककै अवस्थामा रहेका इब्राहिमोभिचले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । ६७औं मिनेटमा हकान कलहानोग्लुले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाए । उनले एलेक्सिसको पासमा गोल गर्न सफल भएका थिए ।

७२औं मिनेटमा सामरकले गोल अन्तर घटाउने अवसर पाए पनि मिलानका गोलरक्षक बाधक बने । त्यसपछि दुवै टोलीले केही आकर्षक मुभ बनाए पनि गोल निस्कन नसक्दा मिलान २–० ले विजयी हुन सफल भयो । यस्तै, अर्काे खेलमा इंग्लिस क्लब टोटेनहम हस्टपरले नौ खेलाडीमा समेटिएको बुल्गेरियाको लोकोमोटिभ प्लोभडिभलाई २–१ ले पराजित गरेको छ । टोटेनहमको जितमा ह्यारी केन र टांगी एनडोम्वेलेले गोल गरे । लोकोमोटिभका मिन्चेभले गरेको गोल सान्त्वना बन्यो ।

सेन्ट इटीएन अपराजित
फ्रेन्च लिग वानमा सेन्ट इटीएनले लगातार तेस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा मार्सेलाई २–० ले पराजित गर्दै लगातार इटीएनले लगातार तेस्रो जित निकाल्दै अपराजित यात्रा कायम गरेको हो । इटीएनले मार्सेलाई उसकै मैदानमा हराएको हो । सेन्ट इटीएनको जितमा रोमेन हामोउमा र डेनिस बोउअंगाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो ।

खेलको छैटौं मिनेटमा रोमेन हामोउमा गोल गर्दै सेन्ट इटिनेलाई अग्रता दिलाएका थिए । उनले माकोनको पासमा गोल गरेका थिए । ७५औं मिनेटमा डेनिस बोउअंगाले अर्नाउड नोर्दिनको पासमा गोल गर्दै सेन्ट इटिनेको जित पक्का गरे । लिगको दोस्रो राउन्डको खेलमा साबिकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १–० ले पराजित गरेको मार्सेले बल पोजेसनमा घरेलु टोलीले पकड बनाएपनि सेन्ट इटिनेको बलियो रक्षापंक्ति तोड्न नसक्दा मार्से पराजित हुन पुग्यो ।

मार्सेका लागि पीएसजीविरुद्ध खेलमा प्रतिबन्ध भोगेका डिफेन्डर जोर्डन अमाभी र डारियो बेनेडेटो उपस्थित रहेका थिएनन् । जितसँगै सेन्ट इटिने लिग वानको शीर्षस्थानमा उक्लिएको छ । अपराजित रहेको सेन्टको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित मार्से ६ अंक जोडेर आठौं स्थानमा छ । साविक विजेता पीएसजी ३ अंक जोडेर १५औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !