तिमीलाई के थाहा भोकको अर्थ ?

दिनको चारपटक मिष्ठान्न खान्छौ
एकैदिन नपाउँदा भोक लाग्यो भन्छौ

तिमीलाई के थाहा ? भोक के हो ?
मलाई सोध, ‘भोक के हुन्छ ?’
उत्तर तिमीले पाउँनेछौं ।

हप्ताबढी अन्न नपाएर तड्पेकी छु
केबल एकछाकले दिन टारेकी छु
भोक के हुन्छ ? मलाई सोध
म निसंकोच भनिदिने छु ।

चौरासी व्यञ्जन खान्छौ
अनि, भोक लाग्यो भन्छौ,
याद गर,
तिमीले खान नसकेको त्यही व्यञ्जनमध्ये
फोहरबीच टिपेर खाएकी छु ।

फेरि, सोध भोक के हुन्छ ?
म तिमीलाई निसंकोच भन्छु,
वफादार कुकुरको मुखबाट
पनि लुछेर खाएकी छु ।

तिमीलाई थाहा छ,
भोक के हुन्छ ?

बरु, मलाई सोध
वास्तवमै के हो, भोक ?
म सहर्ष भन्नेछु,
महिनौं खान नपाउँदा छट्पटीएकी छु,
कोही खान नपाएर मरेतुल्य भएकी छु ।

तिमीलाई के थाहा भोक के हुन्छ ?
मलाई सोध, भनिदिनेछु
अझैं पनि सोध ।

महलमा बसेका छौ
चौरासी व्यञ्जनको स्वाद चाखेका छौ
अनि, एकैछाक खान नपाउँदा पनि
भोक लाग्यो भन्दैछौ ?

महिनौ खान नपाउँदा
बाँच्नकै लागि फोहोरको डुंगुरमा
जीवन चलाएकी छु,
तिमीलाई के थाहा भोक के हुन्छ ?
कृपा गरी सोध मलाई ।

खान पाइनँ, चोरेर खाएँ
चोरेकै कारण जेल परें

तिमीलाई के थाहा भोकको अर्थ ?

तपाइको प्रतिक्रिया
(Visited 662 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?