कलाकारद्वारा नृत्य लिपि व्यवस्थापनको माग

काठमाडौं । संगीत जस्तै नृत्यको लिपि हुन्छ । नाट्य, संगीत र नृत्यको विकास र विस्तारका लागि स्थापित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई नृत्य लिपि’bout स्रष्टाहरूले ध्यानाकर्षण गराएका छन् । बिहीबार राजधानीमा एक समारोहबीच नृत्यकर्मीहरूले संगीत जस्तै नृत्यको लिपि पनि बनाइनुप-यो भन्ने माग उठ्यो ।

कार्यक्रममा नृत्यकार शिवराम कासुलाले आफूले नृत्य लिपि प्रतिपादन गरेको बताए । कासुलाले प्राज्ञ सभा सदस्य सत्यकला राईको आवाजमा गाइएको गायत्री मन्त्रलाई नृत्यमार्फत प्रस्तुति दिँदै नृत्यमा प्रस्तुत भएका नृत्यका चाललाई लिपिमार्फत व्याख्यासमेत गरे । उनले यसरी नृत्यको लिपि प्रस्तुत गर्दा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी चिकत भएका थिए । सो क्रममा कासुलाको लिपिमाथि निकै बहस भयो ।

नेपालका प्रथम नृत्य निर्देशकको उपमा पाएका वरिष्ठ नृत्यकार भैरवबहादुर थापाले नृत्यको लिपि अरिहार्य भएको बताए । उनले शिवराम जस्ता प्रतिभा देखेर खुसी लागेको बताउँँदै यस्ता व्यक्तिहरूलाई राज्यले प्रोत्साहित गर्नुपर्ने बताए ।
नृत्य लिपिको विकास यसअघि पश्चिमा देशहरूमा पनि भएको कथन नृत्य निर्देेशक थापाको थियो । तर, ती लिपिले सीमित किसिमका नृत्यहरूलाई मात्र लिपिबद्ध गर्न सकेको जानकारी गराउनु हुँदै शिवराम कासुलाको नृत्य लिपिले सम्पूण नृत्यहरूलाई लिपिबद्ध गर्न सक्ने विश्वास थापाले सो क्रममा व्यक्त गरे ।

सो प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले नृत्यमा पनि लिपिको आवश्यकता महसुस भएरै शिवरामले नृत्य लिपिको विकास गरेको स्पष्ट पारे । सो लिपिप्रति प्रतिष्ठानको ध्यानाकर्षण भएको पनि उनले बताए ।

सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ देवी नेपालले यो नवीनतम प्रयोग भएकाले यसलाई व्यवहारमा ल्याउन प्रतिष्ठानलाई सुझाव दिए । कार्यक्रममा प्राज्ञ नारायणी देवी प्रधान, विणा जोशी, केपी पौडेल, महेश हाडालगायतले पनि नृत्य लिपिलाई व्यवस्थित गर्नुपर्ने पक्षमा कार्यक्रममा जोड दिए ।

कुलपति रायनले यस लिपिका प्रवर्तक आफूसँग पुस्तकका लागि शुभकामना लेखाउन आउँदा मात्र नृत्य लिपीको जानकारी पाएको बताए । सोही कारण यसलाई छलफलमा ल्याएको पनि उनले चर्चा गरे । कार्यक्रम संयोजक प्राज्ञ परिषद सदस्य नमुना शर्माले नृत्य लिपिको विकासको पक्षमा आफूहरू रहेको जिकिर गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

डा. विक्रान्तको माया गर्ने मै हो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोधारा चादनीमा एमालेका लिम्बू र उपमेयरमा काग्रेसकी उपमेयर निर्वाचित