२२ विधामा पूर्वेली म्युजिक अवार्ड

इटहरी । मोफसलमा लोक गीतसंगीत क्षेत्रमा सर्वाधिक विधा समेटेर पूर्वेली म्युजिक अवार्ड आयोजना गरिने भएको छ । प्रदेश १ को इटहरीमा आगामी १४ फागुनमा आयोजना हुने कार्यक्रममा २२ वटा विधामा अवार्ड प्रदान गरिने आयोजक पूर्वेली मिडिया नेटवर्कले जनाएको छ ।

राजधानीबाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगीत, कला, संस्कार र संस्कृतिको संवद्र्धन र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ सो अवार्ड आयोजना हुन लागेको आयोजक संस्थाका प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालले सोमबार पत्रकार भेटघाट कार्यक्रममा बताए ।

इभेन्ट कोअर्डिनेटर राजन क्षत्री र सब ओअर्डिनेटर विपिन लिम्बुले अवार्ड’bout जानकारी गराएका हुन् । अवार्डमा उत्कृष्ट नयाँ गायक, वर्षको उत्कृष्ट गीत, उत्कृष्ट प्रस्तुति (पुरुष) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज, उत्कृष्ट संगीत, उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट शब्दलाई अवार्ड प्रदान गरिनेछ । एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्डसमेत प्रदान गरिनेछ । यसैगरी पूर्वमा रंग पत्रकारिता गरिरहेका एक जना रंग पत्रकारलाई समेत अवार्ड प्रदान गरिने जनाइएको छ ।

यस्तै, विभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्देश्यका साथ उत्कृष्ट लिम्बु गीत, उत्कृष्ट तामाङ गीत, उत्कृष्ट शेर्पा गीत, उत्कृष्ट मगर गीत, उत्कृष्ट राई गीत, उत्कृष्ट गुरुङ गीत, उत्कृष्ट मैथिली गीत, उत्कृष्ट थारू गीत, उत्कृष्ट राजवंशी गीत, वर्षको उत्कृष्ट गीत, उत्कृष्ट भिडियो, उत्कृष्ट दृश्य सम्पादन, उत्कृष्ट भिडियो सम्पादन, उत्कृष्ट मोडल महिला र पुरुष दुवै विधामा यो अवार्ड प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९