यस्तो पनि छोरा : बुबालाई मारे र खाडल खनेर पुरे

काठमाडौं । सामान्य त सन्तानलाई भविष्यको आधारको रुपमा बुझिन्छ हाम्रो समाजमा । तर, तनहुमा एक जना बुबा आफ्नै २१ वर्षे छोराबाट मारिएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार आबुखैरेनी गाउँपालिका–४ खस्राङ् बस्ने २१ वर्षीय वीरमान गुरुङले आफ्नै ४१ वर्षिय बुबालाई मारेर आफैंले खाल्डो खनेर चिहानमा पुरेका छन् ।

गएको भदौ ३१ गते बालाई मारेर चिहानमा खाडल पुरी दाहसंस्कारको कार्यक्रम पुरा गरेका थिए । अहिले उनलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरमानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी