काभ्रेमा एकैदिन ७० जनामा कोरोना संक्रमण

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार जिल्लामा एकैदिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाँचखाल नगरपालिकाको विरेन्द्र सैनिक तालिम केन्द्रमा कार्यरत ६२ जना सैनिकमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पाँचखाल नगरपालिकाका ५ जना सर्वसाधरण,बनेपा नगरपालिकाका १ जना पुरुष र धुलिखेलल नगरपालिकाका १ जना पुरुष र १ जना महिला गरी ७० जना नयाँ कोरोना संक्रमित मंगलबार थपिएको कार्यालयको जानकारी छ ।

हालसम्म काभ्रेमा पहिलोपटक धेरै संख्यामा कोरोना संक्रमित थपिएको कार्यालयको जानकारी छ । थपिएका संक्रमितसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ४१ पुगेको छ । संक्रमितमध्ये ३ सय ४० जना उपचारपछि निको भइ घर फर्किएका छन् भने सक्रिय संक्रमित १ सय ९५ जना रहेको स्वास्थ्य कार्यालयको जानकारी छ । त्यस्तै अहिले १सय ३२ जना कोरोना संक्रमित अस्पताल आइसोलेसन र ६३ जना होम आइसोलेसनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता