Tuesday, October 27, 2020
Home अन्तर्वार्ता ३० वर्षमा यसैपाली हो अख्तियारले उच्च कार्यसम्पादन देखाएको : तारानाथ अधिकारी

३० वर्षमा यसैपाली हो अख्तियारले उच्च कार्यसम्पादन देखाएको : तारानाथ अधिकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्ला दिन केही विवादित बन्दै छ । तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेले गरेका कामकारबाहीलाई लिएर असन्तुष्टिसमेत पोखियो । अख्तियारको भूमिका तथा अन्य समसामयिक विषयकेन्द्रित तत्कालीन प्रमुख आयुक्त उनै घिमिरेसँग सहकार्य गरेका अख्तियार प्रवक्ता तारानाथ अधिकारीसँगको संवाद :

पछिल्ला दुई वर्ष ६ महिनै कार्यकाल कसरी मूल्यांकन गरिएको छ ?

प्रमुख आयुक्त नवीनकुमार घिमिरे नेतृत्वमा आयुक्तद्वय डा. गण्ोशराज जोशी र आयुक्त, डा. सावित्री थापा गुरुङसहितको टिम थियो । त्यसको कार्यावधि २ फागुन २०७४ देखि २८ भदौ २०७७ सम्म रह्यो । त्यस अवधिमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनमा उल्लेखनीय उपलब्धि भए । संवैधानिक जिम्मेवारी, दायित्व र सीमाभित्र रही भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को स्वच्छ, निष्पक्ष, तथ्यपूर्ण र प्रमाणमा आधारित अभ्यासबाट धेरै उपलब्धि प्राप्त भए ।

करिब ३१ महिने कार्यकालमा अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर भएको आधार प्रमाण देखिएकाले ९ सय २३ मुद्दा विशेष अदालतमा दायर भए । ती मुद्दामा २ हजार ३ सय ६७ प्रतिवादी थिए । ९ सय २३ वटै मुद्दाको जम्मा बिगो रकम ७ अर्ब ५७ लाख ७९ हजार ८ सय ५७ रुपैयाँ माग दाबी गरियो ।

कार्यकाल अवधिभर १ करोडभन्दा बढी बिगो माग दाबी भएका मुद्दा ६२ थिए । जुन आयोगको ३० वर्षे इतिहासकै सबैभन्दा उच्च कार्यसम्पादनका रूपमा रहेको छ । यो कुरा नजरअन्दाज गरी बिगो रकम कम भएका स–साना मुद्दामा मात्र आयोग केन्द्रित भयो भन्नेलगायत आरोपले समग्र कार्यसम्पादन स्थिति यथार्थपरक र वस्तुपरक मूल्यांकन गर्न नसकेको देखिन्छ ।

भ्रष्टाचारजन्य अभियोगमा प्रतिवादी कायम गरी मुद्दा दायर भएकामा उपप्रधानमन्त्रीस्तर १, मन्त्रीस्तर ५, सांसद २, विशिष्ट श्रेणी वा सोसरह २० र अधिकृत कर्मचारी, बिचौलिया, निर्वाचित र मनोनीत गरी १४१० जना थिए । यसबाट के प्रस्ट हुन्छ भने आयोगले जिम्मेवारी निर्वाह गर्दा कुनै पनि प्रकारको पदीय शक्ति वा पदबाट सिर्जित प्रभावमा नपरी काम ग-यो ।

अनुसन्धान तथा अभियोजन सम्बन्धित नीति तथा कार्यविधि तर्जुमा र कार्यान्वयन, भ्रष्टाचारसम्बन्धी अदालतबाट प्रतिपादित नजिर विश्लेषण तथा अनुसन्धान पूर्णता परीक्षण तथा सिफारिस समिति र निर्णय तथा आरोपपत्र मस्यौदा परीक्षण समिति व्यवस्था गरियो । यी प्रयासबाट अदालतबाट प्राप्त फैसलामध्ये २०७५/७६ मा ८८ प्रतिशत र २०७६÷७७ मा ८५ प्रतिशत मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको छ । यस्तो कसुर कायम भएको दर यसअघिका आवमा ६० देखि ७० प्रतिशतसम्म मात्रै रहेकाले पनि सो अवधिमा प्रभावकारी काम भएको सहजै भन्न सकिन्छ ।

आयोगले अनुसन्धानलाई सहायकस्तरका कर्मचारीमा मात्र केन्द्रित ग-यो भन्ने आरोप छ नि ?

२ हजार ३ सय ६७ प्रतिवादीमध्ये ९ सय ५७ जना मात्र सहायकस्तरका कर्मचारी थिए । जुन कुल प्रतिवादीको ४० प्रतिशत हुन आउँछ । नेपालको सार्वजनिक क्षेत्रमा संगठन पिरामिड आकारमा छन् । तिनमा सहायकस्तरका कर्मचारीको मात्रा बढी हुनुका साथै अग्रपंक्तिका सेवा प्रवाहमा उनीहरू नै खटिएका हुन्छन् । आमनागरिकको ज्यादा सरोकार आफूले प्राप्त गर्ने दैनन्दिन सेवामा हुन्छ । यस दृष्टिले विश्लेषण गर्दा घुस रिसवतसँग सम्बन्धित काम कारबाहीमा यिनै अग्रपंक्तिका कर्मचारी पर्न जाने सम्भावना अधिक हुन्छ । माथि उल्लिखित प्रकरणबाट के स्पष्ट हुन्छ भने आयोगले कुनै पदसँग सम्बन्धित भई काम गरेको थिएन । त्यसैले त्यस्तो आरोपमा सत्यता हुने कुरै भएन ।

खुद्रा–मसिना मुद्दामा बढी ध्यान दियो भन्ने आरोप लगाइएको छ नि ?

नेपालमा भ्रष्टाचार नियन्त्रण संवैधानिक व्यवस्था स्थापना गर्दा खण्डीकृत नभई एकीकृत दृष्टिकोण अवलम्बन गरिएको थियो । सानो र ठूलो भ्रष्टाचारका लागि थाइल्यान्डको जस्तो अलग संस्था स्थापना नगरी दुवै प्रकृतिका भ्रष्टाचार अनुसन्धान र अभियोजनका लागि एउटै संस्थाको निर्माण गरिएको छ । यस दृष्टिबाट हेर्दासमेत आयोगले सानो र ठूलो भ्रष्टाचारपीडित सबैको जनभावनाअनुसार काम गर्नुपर्ने हुन्छ । सम्भ्रान्त वर्गको सरोकार स–साना सेवाप्रवाहसँग सम्बन्धित भ्रष्टाचारमा भएन भन्दैमा मासिक १० हजारभन्दा कम आय भएका विपन्न नागरिकले सहज सेवा पाउन नसकेको विषयमा समेत आयोगले हेर्नुपर्ने हुन्छ । विपन्नका लागि बोलिदिने कोही नहुँदा उनीहरूलाई अग्रपंक्तिका सेवा प्रदायकले घुसका लागि लक्षित गर्छन् र झन् बढी पीडित हुन्छन् । यसकारण आयोगले बिनाभेदभाव साना ठूला सबैका उजुरी सुन्नुपर्छ, हेर्नुपर्छ । सोहीअनुसार भएको हो ।

कुनै एक विपन्न नागरिकले केही सय रुपैयाँ घुस दिएको र सम्भ्रान्त हुन उत्प्रेरित रहेको कुनै कर्मचारीले लिएको विषयले लाखौं आम्दानी गर्नेलाई महत्वहीन विषय लाग्न सक्छ । अर्कोतर्फ त्यस्तो निम्न रकम संलग्न भ्रष्टाचार अनुसन्धान गर्दा आयोगको मूल्यवान साधन, स्रोत र जनशक्ति उपयोग तथा सामाजिक लागत लाग्ने विषयलाई कतिपयले ‘दुई पैसाको आम्दानी चार पैसाको खति’ भन्न सक्छन् । तर, आयोगका लागि ज्याला मजदुरी गर्ने सामान्य नागरिक र ठेक्का पट्टामा संलग्न हुने ठेकेदार वा हित समूहसँग सम्बन्धितको सरोकारमध्ये ‘कसलाई प्राथमिकता दिने ?’ भन्ने प्रश्न आउँछ ? आयोगले निश्चय नै सबैबाट सूचना लिन्छ ।

आयोगले पछिल्ला वर्ष संस्थागत क्षमता अभिवृद्धिका लागि के कस्ता काम ग-यो ?

भ्रष्टाचार नियन्त्रणमा नागरिक समाजको सहभागिता र सहकार्य बढाउन १४ जिल्लामा भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था गठन गरी सहकार्य गरेको छ । आयोगलाई प्रविधिमैत्री बनाई कम कागज प्रयोग गर्दै दीर्घकालमा कागजरहित कार्यप्रणाली विकासमार्फत कार्यसम्पादन छिटोछरितो बनाउन स्वचालित कार्यालय सञ्चालन प्रणाली प्रारम्भ गरिएको छ ।
यसैगरी, आयोगले पाँच वर्षे संस्थागत रणनीतिक योजना (२०७६/७७–२०८०/८१) तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । विगतमा तीन खम्बे रणनीति रहेकामा पहिलोपटक आयोगको नयाँ रणनीतिमा उपचारात्मक, निरोधात्मक, प्रबद्र्धनात्मक र संस्थागत क्षमता विकास गरी चार खम्बे रणनीति अबलम्बन गरिएको छ ।

भ्रष्टाचारमा नयाँ प्रवृत्ति अनुसन्धानका लागि प्रविधि उपयोग बढाई आयोगमा डिजिटल फरेन्सिक ल्याब सुदृढिकरण गरिएको छ । साथै, निर्माण संरचना गुणस्तर जाँच कार्यविधि, २०७६ तर्जुमा गरी आयोगमा रहेको इन्जिनियरिङ ल्याब सुदृढिकरण एवं नेपालगन्जमा ल्याब स्थापना गरिएको छ ।

पछिल्लो समय केही सञ्चारमाध्यममा प्रकाशित टीकाटिप्पणीबारे ?

यस अवधिमा आयोगले हासिल गरेका उपलब्धि अध्ययन एवं विश्लेषण नै नगरी अत्यन्त नगन्य केही एकाध विषय पहाड बनाई संवैधानिक संस्थाको तेजोबध गर्न खोजिएको छ, जुन गलत हो । आयोगका समष्टिगत उपलब्धि बिर्सने र सूक्ष्म मानवीय कमजोरीलाई प्रायोजित एवं योजनाबद्ध ढंगले प्रचारप्रसार गर्नेलगायतका गतिविधिले आयोग परिवारको कार्य उत्प्रेरणा र मनोबलमा नकारात्मक असर पर्न जान्छ । आयोगको संस्थागत निरन्तरता र सबलीकरण चाहने शुभचिन्तकले यस विषयमा विचार पु¥याउनु उपयुक्त हुन्छ ।

अधिकारी  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता हुन्

(Visited 214 times, 3 visits today)
Loading comments...

आजको समाचार

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

साताका लोकप्रिय समाचार

बलात्कारमा संलग्न तीन पुरुष पक्राउ

काठमाडौं । बलात्कारमा संलग्न तीनजनालाइ प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । झापामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका–२ लालमाटी बस्ने...

रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक 

काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्...

दाङमा छोराले गरे बावुको हत्या

तुलसीपुर । दाङमा छोराले बाबुको हत्या गरेका छन् । बंगलाचुली गाउँपालिका–२ पाखापानी निबासी ४५ बर्षका बावु बालाराम विकलाई २२ बर्षका छोरा बीरबहादुर विकले गएराति...

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

जनकपुरधाम । मिथिलाञ्चलका गाउँगाउँमा दसैंमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य...

३ वर्षमा ९० वन्यजन्तु राजमार्ग दुर्घटनामा मरे

बर्दिया । ३ वर्षको अवधीमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट ९० वटा वन्यजन्तु मरेको पाइएको छ । जसमा गत आर्थिक...

ट्रेन्डिङ

प्रहरीमा धेरै दरबन्दी खाली : एआइजीमा कडा प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रहरीको उच्चदेखि तल्लो तहसम्म ठूलो सङ्ख्यामा दरबन्दी खाली हुन पुगेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी...

पोखरीमा डुबेर इलाममा नाबालिकाको मृत्यु

इलाम । इलामको माई नगरपालिका २ सेली डाँडाका एक बालीकाको पोखरीमा डुबेर मृत्यु भएको छ । सोही ठाउँका बिनोद राईको १३ महिनाकी छोरी सबनम...

मन्त्रीलाई थाहै नदिई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सेनालाई

काठमाडौं । कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरणलगायतका सामग्री नेपाली सेनालाई खरिद गर्न दिने मन्त्रिपरिषद्को निर्णयप्रति क्याबिनेटका मन्त्रीले...

प्रशासन सेवाका ५ हजार अधिकृत ‘भद्र’ आन्दोलनमा

काठमाडौं । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभेदपूर्ण कानुन ल्याउन लागेको भन्दै प्रशासन सेवाका उपसचिव र अधिकृतसहित ५ हजार कर्मचारीले भद्र आन्दोलन...

गरिबी निवारणमा स्थानीय तहका रणनीति

पृष्ठभूमि : नेपालमा विकास व्यवस्थापनका मुद्दा र प्राथमिकतामा गरिबी निवारणको विषय प्रायः कहिले अन्त्य नहुने ‘नन फिनिसिङ’ एजेन्डा बन्दै आएको छ । प्रजातन्त्रको स्थापना...

आँचल र निराजन अभिनित ‘माया बैगुनी’ सार्वजनिक

काठमाडाैं । दशैँको कोशेली स्वरूप गायक विजय शंखर र गायिका विमोचना लोम्जेल आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा...

कंगनाद्वारा सुशान्त प्रकरणमा सीबीआई जाँचको माग

मुम्बई । दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या घटनालाई फेरि सीबीआईको तर्फबाट जाँच हुनुपर्ने माग बलिउड कलाकारले उठाएका छन् । उनको आत्महत्या प्रकरणको अनुसन्धान...

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्युु, ३ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । मृत्युु हुनेमा बरहथवा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

भर्खरै

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

धेरै पढिएका

२७ वर्ष पछि इन्द्रजित मिजारको नयाँ गीत

काठमाडौं । नेपाली तथा हिन्दी पार्श्व गायनमा सर्वाधिक लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा आबद्द 'जुनमा हेरूँ तिमीलाई'को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा...

प्रहरीको गोली लागि भारतिय नागरिक घाइते

बारा । नेपाल प्रहरीले चलाएको गोलीबाट एक जना भारतिय नागरिक घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय बारा कोचर्वा चौकीका प्रहरीले चलाएको गोलीबाट भारत...

मुनामदन बिर्साउँदै सन्तोष र समीक्षा

एउटै मुुटु एउटै होस् मन पछि परुन् मुना र मदन कलियुगको पिरती देखाईदिम् यस्तो बनाम् मायाको नमुना इतिहासमा हाम्रो नाम लेखाइदिम् ।” पोखरेलीगायक तथा संचारकर्मी सन्तोष बस्यालको चर्चित...

सचेततापूर्वक दसैं मनाऔं

नेपालीहरूको महान् चाडका रूपमा विजया दशमीलाई मानिन्छ । यसलाई बडा दसंै पनि भनिन्छ । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूका लागि यो सबैभन्दा ठूलो उत्सव...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)