सिरहा । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा।दिनेश सापकोटाका अनुसार सिरहाको औरी गाउँपालिका–३ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार राति १२ः४५ बजे मृत्यु भएको हो ।
मस्तिष्क घातका साथै टाउको दुख्ने, उल्टी आउने जस्ता समस्या देखिएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उनलाई भर्ना गरिएको थियो । सोही क्रममा विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि न्युरो अस्पतालले सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)






