Tuesday, October 27, 2020
Home भर्खरै कांग्रेस महाधिवेशन: पार्टी नेतृत्वका लागि १० आकांक्षी

कांग्रेस महाधिवेशन: पार्टी नेतृत्वका लागि १० आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट दुई नेताले पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका हुन् । आकांक्षी बढेसँगै कांग्रेसभित्र हाल कायम गुटसमेत फुट्ने देखिएको छ ।

संस्थापन मानिएको समूहबाट आगामी महाधिवेशनका लागि सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले तयारी अघि बढाएका छन् । यसैगरी इतर समूहबाट वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला र अर्का नेता अर्जुननरसिंह केसीले तयारी गरिरहेका छन् ।

यसैगरी कांगेसभित्रको तेस्रो धारका रूपमा रहेको सिटौला समूहबाट नेता सिटौला र युवा नेता गगन थापाले पार्टी नेतृत्वका लागि तयारी गरिरहेका छन् ।

– गुटमा नै फुट
– संस्थापनबाट तीन र इतरबाट सात जनाको इच्छा

सभापति देउवाले पार्टी नेतृत्वका लागि पुनः एक पटक इच्छा देखाउँदै सोहीअनुसारको तयारीमा नेता कार्यकर्तालाई तयार गरिरहेका छन् भने गत सोमबार भएको एक भर्चुअल कार्यक्रममा समेत आउँदो निर्वाचनमा पार्टीलाई आफूले पहिलो बनाएरै छाड्ने भन्दै नेतृत्वका लागि संकेत गरेका छन् ।

यसैगरी, सो समूहबाट नेता गोपालमान श्रेष्ठले समेत आफू पनि सभापतिमा उठ्ने तयारी गरिरहेको बताउँदै आइरहेका छन् । उनले बुधबार राजधानीले गरेको प्रश्नमा समेत आफू सभापतिमा उठ्ने बताए ।

‘मेरो तयारी सभापतिमा नै हो, मेरै नाममा सहमति हुन्छ, त्यो प्रयास भइरहेको छ,’ नेता श्रेष्ठले राजधानीको जिज्ञासामा भने ।
यसैगरी संस्थापन समूहकै नेता तथा उपसभापति विमलेन्द्र निधिले समेत आफूलाई पार्टी नेतृत्वका लागि दाबी अघि सारी सकेका छन् ।

उनले सभापति देउवालाई भेटेरै आगामी महाधिवेशनमा आफू नेतृत्वका लागि तयार रहेको भन्दै सघाउन भनिसकेका छन् । उनले महामन्त्री शशांक कोइरालालाई समेत सहयोगका लागि आग्रह गरिसकेका छन् ।

‘निधिजीले सभापतिलाई भेटेरै नेतृत्वका लागि सघाउन भनिसक्नुभएको छ, उहाँ अब सभापति देउवाको समर्थन लिने कोसिसमा हुनुहुन्छ । उहाँ अब पछि हट्ने उम्मेदवार होइन,’ निधि निकट एक नेताले राजधानीसँग भने ।

यो पनि पढ्नुहोस   १७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

यस्तै, संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत पार्टी नेतृत्वका लागि आफू तयार रहेको सन्देश नेता कार्यकर्तालाई दिँदै आइरहेका छन् ।

सो समूहबाट कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंहले समेत सभापतिमा आफूलाई अघि सारेका छन् । नेता सिंहले आफू देशभरको नेतकार्यकर्ताको चाहनाअनुसार नै पार्टी नेतृत्वका लागि अघि बढेको बताए ।

‘देशभरका नेता कार्यकर्ता साथीहरूको राय र सुझावअनुसार मैले आफूलाई अघि बढाएको हुँ, पार्टीलाई नयाँ शैलीबाट अघि बढाउन र देशको नेतृत्व नै कांग्रेसको काँधमा ल्याउने गरी म अगाडि बढेको छु,’ कांग्रेस पूर्वमहामन्त्री सिंहले राजधानीसँग भने ।

संस्थापनइतर समूहबाटै हालका महामन्त्री डा. शशांकको समेत पार्टी नेतृत्वका लागि तयारी तीव्र छ । उनले पनि आफू आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि अघि बढिसकेको पटक पटक बताइसकेका छन् ।

यसैगरी नेता डा. शेखर कोइरालाले समेत पार्टी नेतृत्वका लागि आफूलाई अघि बढाइरहेका छन् । उनी सकेसम्म इतर पक्षबाट आफूलाई एक्लो उम्मेदवार बनाउन प्रयासरत छन् ।

सो समूहबाटै नेता अर्जुननरसिंह केसीले समेत पार्टी नेतृत्वका लागि तयारी अघि बढाएका छन् । उनले पार्टीमा नेताभन्दा नीति र विधि विधानको पालनामा जोड दिँदै नेताकार्यकर्तालाई एकीकृत गर्दै अघि बढेका छन् ।

‘मेरो प्राथमिकता र विचार भनेको नेताभन्दा नीति र विधि विधान प्रधान हो भन्ने हो, म त्यसैअनुसार आफूलाई अघि बढाउँदै हिँडेको छु । त्यहीअनुसार नेतृत्वका लागि मेरो तयारी छ,’ नेता केसीले भने ।

यसैगरी तेस्रो धारबाट नेता सिटौलाले पनि आफू पार्टी नेतृत्वका लागि तयार रहेको सन्देश पहिले नै दिइसकेका छन । उनले १३औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा केही समयअघि भएको एक कार्यक्रममार्फत आफू पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रने बताएका थिए ।

सोही समूहबाट यूवा नेता गगन थापाले समेत पार्टी नेतृत्वका लागि आफूलाई अघि बढाइरहेका छन् । उनले पार्टीलाई नयाँ रूप र जीवन दिन आफू तयार रहेको भन्दै विभिन्न कार्यक्रममार्फत सन्देश दिँदै आइरहेका छन् ।

(Visited 870 times, 1 visits today)
Loading comments...

आजको समाचार

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

साताका लोकप्रिय समाचार

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

जहाँ छोड्यौ तिम्ले

काठमाडौं । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ुजहाँ छोड्यौ तिम्लेु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द...

कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती

ललितपुर । कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसंै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै...

कांग्रेस समय अनुसार बदलिन सकेन डाइनाेसर जस्तै भयाे : प्रभु साह

गौर। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले नेपाली कांग्रेस समय अनुकुल बदलिन नसकेको बताएका छन् । आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-११, भैसहीमा आयोजित...

ट्रेन्डिङ

कहाँ कहाँ छ नेपाल ट्रस्टको नाममा सम्पत्ति ?

काठमाडौं । नेपाल ट्रस्टले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आज यहाँ आयोजना गरेको ट्रस्टको ‘सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण सार्वजनिक’ कार्यक्रममा...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४...

किर्ते दस्तखतमा उपभोक्ता समिति गठन

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकास्थित एक सडक निर्माणका लागि किर्ते दस्तखतमा उपभोक्ता समिति गठन गर्दै काम सञ्चालन गरेको पाइएको छ । गाउँपालिकाको २८ लाख...

कपिलवस्तुका थप ३ जनामा संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं । थप ३ जनामा संक्रमण पुष्ति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा नयाँ तीन जनामा...

पाल्पाली ढाकाको उत्पादन र बजारीकरणमा थप प्रोत्सान गरिने

पाल्पा । कामदार र कच्चा पदार्थको अभवमा शिथिल बन्दै गएको पाल्पाली ढाका उद्योगलाई पुर्नस्थापना र प्रर्वद्धनलाई बाहिरी लगानी भित्राउन थालिएको छ ।...

चेल्सी स्टार ओडोई पक्राउ

लन्डन । इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका युवा स्टार कलुम हड्सन ओडोई पक्राउ परेका छन् । लकडाउनको नियमको अवज्ञा गर्दै एक मोडल महिलासँगै रहेका...

संवैधानिक निकाय र संसद्

प्रायः सबै लोकतान्त्रिक देशले स्वतन्त्र संवैधानिक निकायको व्यवस्था गरी स्वतन्त्र हैसियतमा कार्य गर्ने वातावरण प्रदान गरेका हुन्छन् । देशमा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण...

भर्चुअल कक्षामा विद्यार्थीको पहुँच

११ चैत २०७६ देखि बन्द भएका स्कुल झन्डै ६ महिनासम्म पनि खुल्न सकेका छैनन् । देशभरि नै कोरोना संक्रमणको दर बढ्दै गएकै कारण अझै...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

भर्खरै

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

धेरै पढिएका

भान डाइकले सिजन गुमाउन सक्ने

लन्डन । इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रिमियर लिगको पछिल्लो खेलमा एभर्टनविरुद्ध चोट बोकेका डाइकको...

म्याग्दीमा चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

पुराना कम्युनिस्ट नेता मैनालीको निधन

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

(Visited 85 times, 1 visits today)