बझाङ । थला परेको २ महिना पुग्न थाल्यो, आर्थिक अवस्था नाजुक छ । घरमा आफन्त कोही छैनन्, घरको काम धन्दा सबै उनकै काँधमा छ । श्रीमान बितेको ८ बर्षभन्दा बढी हुन थाल्यो । ३ छोरा १ छोरीसहित ४ सन्तान छन् । उनीहरुको लालन पालन गर्न अहिले धौधौ छ । यो अवस्था बझाङ जिल्लाको सबै भन्दा विकट साइपाल गाउँपालिका– २ की ३० बर्षिया धलौनकी असाणी धामीको हो ।
२ महिनाअघि असाणी गाँउ नजीकै पशुचौपाया चराउदै गर्दा उनी एक्कासी विरामी परिन, गाँउलेहरुले उनलाई घर ल्याए । उठ्न नसक्ने भएपछि उनलाई गाँउलेहरुले बोकेर घर ल्याएका थिए । धामीको कम्मरको ढाडमा समस्या छ । निकै दुखी रहन्छ । राम्रो संग हिडडुल गर्न समेत उनि सक्दिनन् । तर पनि उनी सकीनसकी घरको सामान्य काम गर्छिन । घर नजिकै रहेको स्वास्थ्य संस्था र मेडिकलमा सयौ पटक धाइसकेको धामी बताउछिन ।
स्वस्ठ्ब्याक्तीलाई धलौनबाट सदरमुकाम चैनपुर पुग्न २ दिन लाग्छ । धामी विरामी छन् र उनी हिड्न पनि नसक्ने भएका कारणले सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पतालमा पुग्न सकेकी छैनन् । आज भन्दा आठ बर्ष पहिला श्रीमानको मृत्यु भएको धामीले बताइन् । ‘घरमा आय स्रोतको माध्यम छैन । खेती किसानी गरेर बर्षभरी खान पुग्दैन । छाक टार्न धौधौ हुने गरेको छ धामीले गहभरि’ आँसु पार्दै भनिन, ‘अब मृत्युको पर्खाइमा छु ।’

गाउँमा भएको जडीबुटीले पनि उपचार गरेपनि पनि निको भएको छैन । झनझन दुखी रहन्छ । कसैलाई बोकेर सदरमुकामसम्म पुयाई माग्नका लागि पनि उनिहरुलाई बाटोमा खाजा खर्च खुवाउन सक्ने क्षमता छैन । केही दिनअघि गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी आफु विरामी भएको जानकारी पाएपछि घरमा नै पुग्नु भएको थियो । उनले सदरमुकाम चैनपुर जान आग्रह गर्नुका साथै बाटो खर्च लिन आग्रह गर्नु भएको थियो । तर बोकेर लिने मान्छे छैनन् हिड्न म सक्दिन ।
फेरि छोरा छोरी सानै छन् । उनिहरुको रेखदेख गर्ने मान्छे छैनन् । सानै उमेरमा विवाह गरेकी धामीलाई कहिले कहीँ सघाउन सहयोगी छिमेकी साउने धामीको परिवार आउँछन् । साउने धामीका अनुसार थला परेको महिनौ पुगेको र आर्थिक अवस्था कमजोरकै कारण उपचार गराउन नसकेको उनले बताए ।







