Saturday, April 17, 2021
Home Editor-Picks ओली–दाहालबीच तीन घण्टा छलफल

ओली–दाहालबीच तीन घण्टा छलफल

सरकार पुनर्गठन नै मुख्य एजेन्डा

,

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकार पुनर्गठनका लागि आन्तरिक तयारीमा जुटेका छन् ।

हालै सम्पन्न नेकपा सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार सरकारलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्षद्वय ओली र दाहालबीच सरकार पुनर्गठनकै विषयमा झन्डै तीन घण्टा लामो छलफल भएको छ ।

बालुवाटार स्रोतका अनुसार दसैंअघि नै सरकार पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले विभिन्न मापदण्डका विषयमा अध्यक्ष दाहालसँग छलफल गरेका छन् ।

‘विभिन्न मापदण्डका विषयमा छलफल भएको छ, के कसरी गर्दा राम्रो हुन्छ भन्ने विषयमा अध्यक्षद्वय छलफल गरिराख्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार प्रधानमन्त्री ओली दसैंअघि नै सरकार पुनर्गठन गर्ने तयारीमा हुनुहुन्छ ।’

‘सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार प्रधानमन्त्री ओली दसैंअघि नै सरकार पुनर्गठन गर्ने तयारीमा हुनुहुन्छ ।’

नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री ओली सरकार पुनर्गठन गर्ने तयारीमा रहेको बताए । ‘सरकार पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीको हो, छलफल भइरहेको छ,’ नेम्वाङले भने, ‘के कसरी गर्ने भन्ने कुरा छलफल जारी नै छ ।’

छलफलका लागि अन्य प्रमुख विषय भए पनि बिहीबारको छलफल मुख्यतः सरकार पुनर्गठन गर्ने विषयमा मात्रै केन्द्रित रहेको स्रोतको दाबी छ । प्रधानमन्त्रीबाहेक सबै मन्त्रीको राजीनामा गराउने, दुई वर्ष पुरानालाई मात्रै हटाउने, कार्यसम्पादनका आधारमा पुनर्गठन गर्नेलगायतका विभिन्न प्रस्तावका बारेमा छलफल भएको खुमलटार स्रोतको दाबी छ ।

अहिले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय मन्त्रीविहीन छन् । तीन राज्य मन्त्रीलाई हटाउने र केही मन्त्रालय फुटाउने विषयमा समेत छलफल भइरहेको छ ।

यसअघि समेतको छलफलमा अध्यक्षद्वय ओली र दाहाल सरकार पुनर्गठन, संवैधानिक अंगका रिक्त पदमा पदपूर्तिलगायतका विषय दसैंअघि नै टुंग्याउन सहमत भएका थिए ।

‘सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने,’ हालै सम्पन्न स्थायी कमिटी बैठकले गरेको निर्णयमा उल्लेख छ ।

हालै सम्पन्न सचिवालय बैठकले सरकार पुनर्गठनको बारेमा छलफल गरेको थियो । साथै लामो समयदेखि संवैधानिक अंगहरूमा रिक्त पदाधिकारीमा पदपूर्ति गर्न, पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा ठोस प्रस्ताव तयार गर्न भन्दै पार्टी अध्यक्षद्वय ओली र दाहाल, महासचिव विष्णु पौडेललाई १० दिनको समय दिइएको छ ।

संवैधानिक अंगहरूमा रिक्त पदाधिकारीमा पदपूर्ति गर्ने विषयमा समेत नेकपाभित्र छलफल भइरहेको छ ।

(Visited 174 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

उदेशले सुनाए प्रेमध्वजका गीत

काठमाडौं । गायक उदेश श्रेष्ठले अग्रज गायक प्रेमध्वज प्रधानका गीतहरू गाएर दर्शकको मन जितेका छन् । उनले नयाँ गीत ‘मलाई तिमी मन प¥यो’ काठमाडौंमा...

सुदूरपश्चिम प्रदेश सभा : संविधान र नियमावली मिच्दै

धनगढी । प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको...

हात्तिको आक्रमणबाट मृत्यु

सप्तरी । जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खेत रेखरेख गर्न गएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का...

टुँडिखेलमा घाेडेजात्रा (फाेटाेफिचर)

काठमाडाैं । हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ । घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला,...

जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय...

ट्रेन्डिङ

म्यान्चेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा

काठमाडौं । इग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी...

बाँकेमा कोरोना संक्रमणबाट चिकित्सकसहित ३ जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको कारण बिहीबार एक चिकित्सकसहित ३ जनाको उपचारको क्रममा ज्यान गएको छ । कोभिड–१९ को संक्रमणका कारण गम्भीर भएका उनीहरु...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

१२ किलो लागुऔषध गाँजासहित दुई युवा पक्राउ

सिरहा । सिरहाको अर्नामा गाउँपालिका-१ ईस्लामपुरबाट शुक्रबार दिउँसो प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्नामा गाउँपालिका- १ ईस्लामपुरका...

प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो...

दम्पत्ति हत्यमा संलग्न १४ वर्षपछि पक्राउ

काठमाडौं । १४ वर्षअघि एक दम्पत्तिको विभत्स हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्लाही घर...

मन्त्री बन्न ३० गुण ! प्रधानमन्त्रीले ल्याउन सक्लान् यिनै गुणयुक्त सारथि ?

काठमाडौं । सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र...

‘फ्रन्ट लाइन’मा काम गर्नेलाई सहयोग गर्नु सबैको दायित्व हो : शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोभिड–१९ सङ्क्रमणको परिस्थितिमा ‘फ्रन्ट लाइन’मा बसी काम गर्ने स्वास्थ्य, सुरक्षाकर्मीलगायत सम्पूर्णलाई साथ दिनु सरकारसँगै हरेक नागरिकको...

कमल थापाको चेतावनी अरुलाई ख्वाउन पालेको बाघले आफैंलाई नखाओस्

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘अरुलाई खुवाउन पालेको पालेको बाघले आफैंलाई नखाओस’ भन्दै चेतावनी दिएका छन् । संसद...

भारतीय हस्तक्षेप र हाम्रो भूमिका

वर्षौंदेखि नेपालको नक्सामा छुटेको लिम्पियाधुरासमेतको भूभाग समेटेर नेपाल सरकारले हालै नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ । राष्ट्रिय स्वाधीनता तथा भूमि रक्षाका...

सांसदलाई काेराेना टेष्ट गरेरमात्रै संसद भवनमा प्रवेश

काठमाडौं । भाेलिबाट शुरु हुने बजेट अधिवेशनमा सहभागीहुने सांसदहरूकाे काेराेना टेष्ट शुरु भएकाे हाे । काेराेना प्रभावित क्षेत्रकाे भ्रमण गरेका सांसदहरुकाे काेराेना टेष्ट गरिएकाे...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)