Saturday, October 24, 2020
Home भर्खरै एक सातायता ८९ प्रतिशत संक्रमणमुक्त

एक सातायता ८९ प्रतिशत संक्रमणमुक्त

निको हुने क्रम बढ्दो

काठमाडौं । कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै गएको छ । पछिल्लो एक साताको तथ्यांकलाई आधार मान्दा एक सय जना संक्रमितमध्ये ८९ जना निको भएर घर फर्किएका छन् । गत ३ असोजदेखि शुक्रबारसम्म ९ हजार २१ जना संक्रमित थपिएकामा ८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा प्रत्येक एक सय जना संक्रमितमा ८९ जना संक्रमणमुक्त भएको पुष्टि हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएकामा १ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, हालसम्म कुल संक्रमितलाई आधार मान्दा १ सय जनामा ७३ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किने गरेका छन् । हालसम्म ७० हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत् ५१ हजार ८ सय ६६ जना निको भएर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ जना रहेको छ ।

देशभर शुक्रबार १ हजार ३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्रै १२ हजार २ सय ६२ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९ सय ७४ पुगेको छ । यस्तै, शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ ।

यो पनि पढ्नुहोस   मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ । नेपालमा मृत्युदर शून्य दशमलव ६५ प्रतिशत छ ।

यस्तै, देशभर २ सय ६६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३९ जना भेन्टिलेटरमा र २ सय २७ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ३५ जना आईसीयू र ३४ जना भेन्टिलेटर, प्रदेश ५ मा ३९ जना आईसीयू र दुई जना भेन्टिलेटरमा, प्रदेश १ मा ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै प्रदेश २ मा १९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १७ जना आईसीयूमा उपचाररत रहेका छन् ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

एकै दिन बिके ५४० खसीबोका

काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ...

आईपीएल: पन्जाबको प्लेअपमा पुग्ने आशा जिवितै

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दिल्ली क्यापिटल्सलाई किङ्स इलाभेन पन्जाबले पराजित गरेको छ । पञ्जावसँग दिल्ली ५ विकेटले पराजित भएको हो...

संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन : नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्...

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि...

आई पे रेमिटमार्फत कारोबार गर्दा बाइक पाइने

काठमाडौं । आई पे रेमिट प्रालिले नेपालीको महान् चाडपर्व दसैं, तिहार र छठकोे समयलाई लक्षित गरी आई पे रेमिटबाट पैसा आयो उपहारमा बाइक पायो...

ट्रेन्डिङ

बम बिस्फोट गराउदै रकम असुल्ने पक्राउ

बारा । बम बिस्फोट एवं सगठित अपराध मुद्धाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले संगठित मुद्धाका फरार प्रतिवादी परवानीपुर...

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार सन्त्रास

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक प्रहरी नायब निरीक्षकमा सुरुमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन सुरु भयो ।...

१३ विपन्न परिवारलाई जस्तापाता वितरण

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –१, अन्नपूर्णले गरिव तथा विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण गरेको छ । वडा भित्रका सवै फुसको छानोे हटाउने लक्ष्यका...

जंगली च्याउ खाएर संखुवासभामा थप एक जनाको मृत्यु

संखुवासभा । सभापोखरी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका मध्ये थप एक जनाको आइतबार मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामि भएकी सभापोखरी–२...

रानीपोखरीमा धमाधम पानी जम्मा गरिँदै

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानी पोखरीको पुनर्निर्माणको अधिकांश काम सम्पन्न भएसँगै अहिले धमाधम पानी जम्मा गर्ने काम...

विदेश पठाइदिने बहानामा १० लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई...

फिल्म फ्लप भएपछि बरुणको बिहे रोकियो

मुम्बई । बलिउड अभिनेता वरुण धवनको अर्को महिना हुने भनिएको विवाह केही समयका लागि स्थगित भएको छ । यतिबेला यी...

टोटेनहम म्यानचेस्टर बराबर

लन्डन । टोनेहम हस्टपर र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । खेल सकिन ९ मिनेट बाँकी रहँदा ब्रुनो फार्नान्जेडले...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

एकै दिन बिके ५४० खसीबोका

काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ...

संखुवासभा पहिलो पटक कोरोना संक्रमितकाे मृत्यु

संखुवासभा । संखुवासभामा पहिलो पटक कोरोना संक्रमितको घरैमा मृत्यू भएको छ । कोरोना संक्रमणका कारण धर्मदेवि नगरपालिकाका–३ का ७९ वर्षिय पारथमणी पौडेलको मृत्यू भएको...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

अशोक विनायक र अन्नपूर्ण देवीको जात्रा

नेपालका आदिवासी नेवारहरूले परापूर्वकालदेखि तान्त्रिक विधिअनुसार मनाउँदै आएका विभिन्न चाड पर्व र जात्रामध्ये मोहनी नखः पनि हो । सर्वाधिक महŒवपूर्ण रही आएको यो मोहनी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)