Tuesday, October 27, 2020
Home Editor-Picks बजार, यात्रा र वितरण प्रणालीमा सुशासन खोइ ?

बजार, यात्रा र वितरण प्रणालीमा सुशासन खोइ ?

गरिबको चुलो बल्नै मुस्किल

काठमाडौं । कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण छ ।

जसका कारण तरकारी, चिनी, खाद्यान्न, लत्ताकपडालगायतका उपभोग्य वस्तुको मूल्य ह्वात्तै अकासिन पुगेको हो । बजार, यात्रा र वितरण प्रणालीमा सरकारी निकायको उपस्थिति कमजोर हुँदा र कुशासन मौलाउँदा यस्तो अवस्था आएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । बजारमा वस्तुहरूको मूल्य मनलाग्दी बढाइएको छ भने यात्रा गर्दा समेत सर्वसाधारण ठगिने क्रम बढेको छ ।

दसैं नजिकिँदै गर्दा व्यापारीले लत्ताकपडामा समेत अस्वाभाविक मूल्यवृद्धि गर्दा सरकारी निकाय मूकदर्शक बनेको आरोप सर्वसाधारणको छ । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि हँुदा सर्वसाधारणमा सरकारी निकायप्रति आक्रोश बढेको छ । कोभिडका कारण कैयौंको रोजगारी गुमेको छ भने आर्थिक अवस्था पनि दिन प्रतिदिन कमजोर हुँदै छ । आम्दानीका स्रोतहरू सुक्न थालेपछि बिहान बेलुकीको जोहो टार्न धौधौ परिरहेको अवस्थामा दैनिक उपभोग्यका वस्तुको मूल्य एकाएक अकासिन पुग्दा सर्वसाधारण नागरिक अत्यधिक मारमा पर्न थालेका हुन् ।

– हटेन बिचौलियाको दादागिरी
– चिनी र तरकारीमा अत्यधिक कालोबजारी
– सरकारी अनुगमन संयन्त्र कमजोर
– नुनदेखि सुनसम्ममा नै तस्करी
– लत्ताकपडामा अस्वाभाविक मूल्यवृद्धि
– सरकारी निकायबीच छैन समन्वय

माछापोखरीकी सम्झना राईको परिवारले हिजोआज तरकारी खान छाडेको छ । ज्यालामजदुरी गरेर चार जना परिवारको भरणपोषण गर्दै आइरहेकी राईले तरकारीको मूल्य अत्यधिक बढेपछि दाल र भात मात्रै खाने गरेको बताइन् ।

‘मेरो जस्तो समस्या धेरैलाई परेको छ, तरकारी खान नसक्ने अवस्था आएको छ,’ राईले राजधानीसँग भनिन् ।

राजधानीकै बालाजुका हरिशरण शर्मा पनि दैनिक उपभोग्य वस्तुको मूल्य अकासिँदा जीवन धान्न नै मुस्किल हुँदै गएको बताउँछन् । पेसाले गाडी चालक रहेका उनलाई पाँच जनाको परिवार धान्न निकै मुस्किल हँुदै गएको छ । भन्छन्, ‘तरकारीको मूल्य चार गुणासम्म बढेको छ, अन्य खाद्य वस्तुको मूल्य पनि त्यसरी नै बढेको छ । बजारमा मनलाग्दी हँुदा समेत सरकारका कुनै निकायलाई केही चासो छैन,’ शर्मा भन्छन्, ‘सरकार के हेरेर बसेको छ ? हाम्रो चुलो बल्नै मुस्किल भइसक्यो ?’

लामो लकडाउनका क्रममा राजधानीमा रहेकामध्ये ४० प्रतिशत व्यक्ति गाउँ फर्किएका छन् । विभिन्न पेसा र मजदुरी गर्दै आइरहेका उनीहरू राजधानीमा जीवन धान्न मुस्किल हुने भन्दै गाउँ फर्किएका हुन् । अहिले पनि यहाँ महँगी अत्यधिक बढ्न थालेपछि कैयौं व्यक्ति धमाधम आफ्नै गाउँ फर्कन थालेको बताइएको छ ।

यो पनि पढ्नुहोस   पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

राजधानी काठमाडांैमा वाणिज्य विभाग, तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय, काठमाडौं तथा ललितपुर महानगरपालिका तथा अन्य नगरपालिका र गाउँपालिकाबीच उचित समन्वय नहुँदा बजारमा अनुगमन प्रणाली सशक्त हुन सकेको छैन । देशका अन्य सहर तथा गाउँमा पनि राजधानीकै जस्तो समस्या हुँदा बजार अनुगमन निस्प्रभावी जस्तै छ ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नुनदेखि सुनसम्मका वस्तु बिचौलियाको नियन्त्रणमा भएकाले सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर हुँदै गएको बताए । तीनवटै सरकारका निकायबीच आपसी समन्वय हुन नसक्दा बजारमा कालोबजारी र तस्करी मौलाउँदै गइरहेको उनको दाबी छ । महर्जनका अनुसार अहिले उपत्यकामा चिनीको मूल्य १ सय रुपैयाँ पुगेको छ । साल्ट ट्रेडिङले प्रतिकेजी ७३ रुपैयाँमा चिनी बिक्री गर्ने गरेको छ । यसैगरी प्रतिकिलो ६० रुपैयाँमा पाइने तरकारीको मूल्य १ सय २० रुपैयाँसम्म पुगेको छ ।

‘बजार पूर्ण रूपमा बिचौलियाको नियन्त्रणमा पुगेको छ, सरकारी निकायले सुशासन चाहेकै छैन । सरकारी निकायहरू निष्क्रिय जस्ता देखिएका छन्, जुन लज्जाको विषय हो,’ महर्जनले राजधानीसँग भने ।

साल्ट ट्रेडिङका अनुसार अहिले चिनीको मागअनुसार स्टक निकै कम छ त्यसैले पनि चिनीको मूल्य अकासिएको हो । बजारमा २० हजार मेट्रिक टन चिनीको माग रहेको भए पनि साल्ट ट्रेडिङसँग हाल ८ सय मेट्रिक टन मात्रै चीन मौज्दात रहेको साल्ट ट्रेडिङका डिभिजनल म्यानेजर व्रजेशकुमार झाले बताए ।

सरकारले चिनी समयमै आयात गर्न नसक्दा समस्या भएको साल्ट ट्रेडिङको भनाइ छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बजारमा, यात्रामा र वितरण प्रणालीमा सुशासन कायम गर्नुपर्ने बताए । दाहालले अहिले ती क्षेत्रमा सोचेअनुसार सुधार हुन नसकेकाले अब उच्चस्तरिय संयन्त्र बनाएर नियमित अनुगमन गरी सुशासन कायम गरिने दाबी गरे ।

नागरिकका गुनासा सम्बोधन गरेर अघि बढ्ने उनले बताए । बजारमा सुशासन ल्याउन माग र आपूर्तिको अवस्था मिलाउनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले त्यस विषयमा सरकारले उच्चस्तरबाट सोच्नुपर्ने आवश्यकता औंल्याए ।

वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजार अनुगमनलाई प्रभावकारी बनाउनकै लागि विभागले बजार अनुगमन कार्यविधि बनाएको र त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताए ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आज शनिबार बसेको संसदीय दलको...

कांग्रेस समय अनुसार बदलिन सकेन डाइनाेसर जस्तै भयाे : प्रभु साह

गौर। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले नेपाली कांग्रेस समय अनुकुल बदलिन नसकेको बताएका छन् । आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-११, भैसहीमा आयोजित...

एकैपटक चार खेलाडीको सम्झौता

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्कभारोसमाथि ५–१ को सहज जित पाएको खेलपछि आफ्ना चार स्टार खेलाडीको...

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले...

सवारी दुर्घटनामा परी १६ जना घाइते

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन भने दुईको अवस्था चिन्ताजनक रहेको छ । हरिपुर न.पा. ३...

ट्रेन्डिङ

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा आज थप ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३९ हजार...

एकै गाउँपालिकाका ५ जनामा कोरोना पुष्टि भएसंगै त्रास बढ्यो

बैतडी । बैतडीको एकै स्थानियतहका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीयबासीहरुमा त्रास बढेको छ । भारतबाट फर्केकाहरुमा कोरोनाको संक्रमण पुष्टि भएकाले स्थानीयस्तरमा...

समयमै उपचार नपाउँदा अत्यधिक रक्तश्रावले दैलेखमा सुत्केरीको मृत्यु

दैलेख । दैलेखको पश्चिम ठाटीकाँधमा अत्याधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका १ की २३ बर्षिय पार्वती शाही हुन् । शुक्रवार...

अबको निर्वाचन कम खर्चिलो हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुुटुु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणाली विना लोकतन्त्र फष्टाउन नसक्ने बताएका छन् ।...

जुनी जुनीमा कौशल र ऋचाको रोमन्स

काठमाडौं । गायिका अञ्जु पन्त र गायक कौशलराज खड्काले नयाँ गीत जुनी जुनी...को भिडियो दर्शकमाझ ल्याएका छन् । यी दुईको संयुक्त स्वर रहेको जुनी...

ललितपुरमा कोरोना संक्रमित बढेको बढ्यै, ५८ जनामा संक्रमण

ललितपुर । ललितपुरमा पछिल्लो ३ दिनमा कोरोना संक्रमितको संख्या बढेको पाइएको छ । सोमबारदेखी बुधबारसम्म जिल्लामा ३९ जना नयाँ संक्रमित भेटिएका छन् । आइतबारसम्म...

अतिक्रमित भूमि फिर्ता गरेरै छाड्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने बताएका छन् । संघीय संसद्का दुवै सदनमा मंगलबार सम्बोधन...

अनिर्णयको बन्दी बन्दै यातायात विभाग

काठमाडौं । यातायात व्यवस्थापनसम्बन्धी महŒवपूर्ण जिम्मेवारी बोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभाग पटकपटक अकर्मण्यतामा फस्दै आएको छ । आवश्यक नीति नियम...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

भर्चुअल रुपमा जीवन रुपान्तरणको कला सिकाउँदै

कोभिड १९को महामारीका कारण दशैं लक्षित थु्रपै कार्यक्रमहरु स्थगित भएका छन् । तर, भिजनरी इन्टरनेसनले भने भर्चुअल रुपमा प्रेरणादायी लाभई ३६० डिग्री कार्यक्रम गरेर...

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ ।
यो पनि पढ्नुहोस   आहा, त्यो दसैं ! यो दसैं
दसैंलाई लक्षित गरेर खाद्य...

प्रशान्त र निष्ठा फिचर्ड ‘म तिमी’

काठमाडौं । मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ' म तिमी'को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)