Wednesday, October 21, 2020
Home सौजन्य सयमा एक

सयमा एक

घुमफिर

कर्णाली प्रदेश घुमफिर प्याकेज बनाउँदा राम्रो हुन्छ । यहाँ के छैन ? मुलुककै सबैभन्दा ठूलो ताल रारा, गहिरो फोक्सुण्डो ताल, ठूलो जिल्ला डोल्पा, नेपाली भाषाको उद्गम थलो जुम्ला सिजा । नेपालको सबैभन्दा अग्लो स्थानमा धान उत्पादन हुने स्थल जुम्ला । यति भएर पनि राज्यको आँखा नपुगेको प्रदेश हो, कर्णाली ।

पर्यटन पूर्वाधार विकास गर्ने हो भने कर्णालीका मूर्तअमूर्त पूराताŒिवक सम्पदा, नाचगान, जात्रा, भेषभुषा, भाषा, कला र संस्कृति अध्ययन, अनुसन्धान र अवलोकन गर्न पर्यटकको ओइरो नै लाग्छ । कर्णाली सभ्यता र संस्कृतिको केन्द्रविन्दू, भाषाको उद्गमस्थल, भौगलिक विविधता, प्राकृतिक सुन्दरता विभिन्न जातजाति, भाषाभाषी भएको, प्राकृतिक साधन र स्रोतले सम्पन्न छ, कर्णाली प्रदेश ।

यो प्रदेशमा हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, सुर्खेत र पश्चिम रुकुममा हवाईसेवा छ । रुकुममा चौरजहारी र मुसिकोटमा समेत दुई ठाउँमा हवाइसेवा छ । तर, यो सेवा सर्वसुलभ, सुरक्षित, विश्वसनीय एवं व्यवस्थित भने बन्न सकेको छैन ।

जैविक दृष्टिकोणले कर्णाली प्रदेश घुमफिरका लागि धेरै पर्यटकको रोजाइमा पर्छ । गर्मीदेखि बाह्रै महिना हिउँ रहने क्षेत्र कर्णालीमा छन् । एउटै नदी हुम्ला कर्णाली र मुगु कर्णालीको नामले चिनिन्छ । नेपालमा पाइने स्याउमध्ये बढी गुलियो स्याउ जुम्लामा मात्र पाइन्छ । रातो मार्सी धान त जुम्लाको पहिचान हो ।

जुम्ला पुगेपछि रातो मार्सीदेखि कागुनोसम्मका परिकारका पारखी रमाउँछन् । अर्कोतर्फ कर्णालीमा उत्पादन हुने लट्टेदेखि सिमीसम्म, मकैदेखि कोदोसम्म र फापरदेखि जौसम्म, आलुदेखि पिँडालुसम्म, स्याउदेखि जडीबुटीसम्मका आर्गनिक खेती हुन्छ । कर्णालीमा के उत्पादन हुँदैन ? यस्तो विविधता संसारमा कतै छैनभन्दा पनि हुन्छ । कर्णालीमा उत्पादन हुने धान संसारकै उच्चस्थानमा फल्छ ।



कर्णालीको मुगुबाट हुम्ला जाँदा बाटोमा पर्ने चंखेली क्षेत्रमा रातो गुराँसका साथै सेतो गुराँस पनि पर्यटकले अवलोकन गर्न सक्छन् । कर्णालीमा लौंठ सल्लो प्रशस्त पाइन्छ, जसलाई क्यान्सरको औषधि मानिन्छ । प्रकृतिसँग रमाउने र जडिबुटीबारे अध्ययन गर्ने पर्यटकका लागि कर्णाली प्राकृतिक संग्रहालय हो ।

यहाँ जडीबुटीमा पाँचऔंले, जटामसी र कुडकी पनि पाइन्छ । कर्णालीबाट धेरै जडीबुटी तिब्बत र भारत निकासी हुन्छ । कर्णाली प्रदेश हिमचितुवा, कस्तूरी, मृग, घोरल तथा डाँफेको बासस्थान पनि हो । नेपालमा पाइने ठूलो खालको जंगली मौरी अर्थात् भिरेमौरी कर्णालीमा मात्र पाइन्छ । साइबेरिया र मानसरोवरबाट हिउँदमा बसाइ सरेर जाडो छल्न आउने चराचुरुंगीको बासस्थान हो, रारा र से–फोक्सुन्डो ।

बुद्धधर्मअघिको बोनधर्म उत्पतिस्थल पनि कर्णाली प्रदेश हो । बोन धर्मको विशेषता कालो बोन र सेतो बोन धर्म कर्णालीको डोल्पो क्षेत्रमा रहेको छ । त्यसैले कर्णालीमा घुमफिर गर्ने पर्यटकले देशको जीवित संग्रहालय अवलोकन गर्न सक्दछन् ।
कर्णाली बहुपतिप्रथा भएको थलोका रूपमा समेत चिनिन्छ । मुलुकको सबैभन्दा पुरानो मानवबस्ती भएको स्थान कर्णालीमै छ । उपल्लो डोल्पो पर्यटकका लागि पवित्र क्षेत्र हो । कैलाश मानसरोवर जाने बाटो हुम्लाको सिमीकोट हो । नेपालको सबैभन्दा उच्चस्थानमा रहेको जिल्ला सदरमुकाम पनि हुम्ला सिमकोट नै हो । विश्वकै उच्चस्थानमा रहेको उच्चहिमाली पदमार्ग अर्थात् ‘ग्रेट हिमालय ट्रेल’ कर्णालीमै पर्छ ।

यो पनि पढ्नुहोस   पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

हुम्ला लिमी गाउँ अद्वितीय एवं आश्चर्यचकित तुल्याउने स्थान हो । हुम्लाको खगाल गाउँस्थित तातोपानीको खोला सम्भवत नेपालकै सबैभन्दा ठूलो खोला हो । हुम्लाको लिमी गाउँमा रहेको हल्जी गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बा मानिन्छ । लिमी नेपालकै उच्चभागमा रहेको बस्ती हो ।

हुम्ला लिमी उपत्यका सिमिकोटबाट करिब एक साताको पैदल यात्रापछि लिमी उपत्यकामा पुग्न सकिन्छ । पर्यटकका लागि ११औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका सानाठूला गुम्बा मुख्य आकर्षणका केन्द्रविन्दु बन्दछन् । खस साम्राज्यको आधार खण्ड र तिब्बति संस्कृति लिमी उपत्यका अन्य आकर्षण हुन् ।

लिमी उपत्यका प्राचीनकालका बहुमूल्य मूर्ति र गुम्बा नै गुम्बाको उपत्यका हो । महँगा मूर्ति, पौराणिक वास्तुकला त्यहाँका थप विशेषता हुन् । पुराना गरगहना, गुम्बामा कुँदिएका पौराणिक कलाकृतिलगायत वस्तु पर्यटकले अध्ययन अवलोकन गर्न सक्दछन् ।



सरकारले सार्वजनिक गरेको सय नयाँ पर्यटकीय क्षेत्रमध्ये मुगुको राराताल सबैभन्दा उत्कृष्ट पर्यटन गन्तव्य हो । रारा ताल पर्यटकलाई रोजाइ पनि हो । सुर्खेतबाट निजी अथवा सार्वजनिक सवारीसाधन प्रयोग गरेर रारा पुग्न सकिन्छ ।

कालिकोट नाग्मादेखि रारातालसम्म पूरै बाटो कच्ची छ । रारा प्राकृतिक सुन्दरताले सजिएको मनमोहक ताल हो । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम लम्बाई ५ किलोमिटर र चौडाइ ३.२ किलोमिटर छ । १ सय ६७ मिटर गहिरो तालवरिपरि जंगलले घेरिएको छ । यहाँ रारा राष्ट्रिय निकुञ्जसमेत अवलोकन गर्न सकिन्छ ।

राराको स्वच्छ पानीमा आकाशको छायाँका कारण गाढा निलो देखिन्छ । ताल वरिपरि घुम्नका लागि ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा, हाँस, जलेवाजस्ता चरा डुबुल्की मारेको दृश्यले राराको वातावरण अनुपम देखिन्छ ।

(Visited 40 times, 1 visits today)
Loading comments...

आजको समाचार

जहाँ छोड्यौ तिम्ले

काठमाडौं । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ुजहाँ छोड्यौ तिम्लेु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द...

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लन्डन । इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । भने फेरिनभारियोक्सलाई बार्सिलोनाले ५–१ ले पराजित ग-यो...

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र...

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

साताका लोकप्रिय समाचार

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

दशैंँमा बैंक नखुल्ने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँ बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर...

बायर्नको सानदार जित

म्युनिख । डेब्यु खेलमै क्यामरुनी फरवार्ड इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल र अर्काे गोलमा पनि सहभागी भएपछि बायर्न म्युनिखले डीएफबी पोकलको पहिलो राउन्डमा...

कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन् । ‘नेटवर्क...

ट्रेन्डिङ

अन्तर कलेज फुटबल शुरु

 
यो पनि पढ्नुहोस   पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे
मोरङ । विराटनगरमा बुधबारदेखि २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । विराट बुद्ध स्पोर्ट्स क्लबको आयोजनामा विराटनगरस्थित डिग्री कलेजको मैदानमा...

निक्षेप र कर्जामा पूर्ण प्रतिस्पर्धा आवश्यक

अशोकशम्शेर राणा प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक लामो समयदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी...

उद्योग प्रतिष्ठान चलाउन खुकुलो नीति अवलम्बन गर्ने सरकारको तयारी

काठमाडाैं । सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द...

पीसीआर परीक्षणका नाममा शुल्क असुल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतको आदेश लत्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका नाममा शुल्क असुल्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण...

उपाधिका लागि बारा र सप्तरी भिड्ने

वीरगन्ज । प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि बारा र सप्तरी भिड्ने भएको छ । पर्साको आदर्शनगर रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा...

विश्वकै सानो आकारको थ्री जी स्मार्टफोन आउने

बेलायतको स्मार्टफोन निर्माता कम्पनी जिनी मोबाइल्सले विश्वकै सबैभन्दा सानो आकारको थ्री जी स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले...

क्रिकेटरको पारिश्रमिक क्यानको खातामा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को पारिश्रमिक पठाएको छ । आईसीसीले नेपाली टिमका २२ खेलाडी र १...

लकडाउनपछि नरबहादुरले बनाए पाँच सय चित्र

काठमाडौं । कोरोना संक्रमण बढेपछि विगत ६ महिनादेखि जारी लकडाउन तथा निषेधाज्ञाले धेरै कलाकारहरू कामविहीन भएका छन् । तर, चित्रकार नरबहादुर विकेले यस अवधिलाई...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

धेरै पढिएका

एकजना शिक्षकमा कोरोना संक्रमण देखिँदा ३५ विद्यालयमा बिदा

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका एक शिक्षकमा कोरोना संक्रमण देखिँदा गाउँपालिकाले सो क्षेत्रका ३५ विद्यालयलाई १३ दिन विदा दिएको छ । छथर जोरपाटी–१...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

राजविराज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका...

पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

नेपालगन्ज । प्रकृति र वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा...

आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको महिलाले गरिन् हत्या

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)