दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला हुने

काठमाडौं । दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला काठमाडौ, ललितपुर र पोखरामा हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले १६ देखि २५ फागुनसम्म दशौैंं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला –२०७६ आयोजना हुने भएको छ ।

उक्त संस्थाले ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गरेको थियो । त्यसपछि हरेक दुई दुई वर्षमा सांस्कृतिक मेलाको आयोजना गरी त्यस कार्यलाई निरन्तरता दिंदै आएको छ ।

प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला देखि नवौं अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेलासम्म आइपुग्दा करिब ७५ भन्दा बढी देशका चारहजार भन्दा बढी कलाकारहरूले आ–आफ्नो देशको मौलिकता झल्कने झाँकी सहित विविध लोक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका संस्थाका अध्यक्ष आरसी कोइरालाले बताए ।

‘यस संस्थाले विश्वका १०० भन्दा बढी अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरेको नेपाली लोक साँस्कृतिक कार्यक्रम मार्फत विश्व समुदायमा नेपाली लोक संस्कृतिको पहिचान र प्रबद्र्धन गर्दै/गराउँदै आएको छ ।’ कोइरालाले भने ।

नेपाली संस्कृितको उत्थान तथा साँस्कृितक प्रर्यटन प्रबद्र्धनको आफ्नो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्नु दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको प्रमुख उद्देश्य रहेको कोइरालाको भनाई छ ।

आरसी कोइराला

यसपटकको महोत्सव काठमाण्डौं, ललितपुर, पोखरा जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा आयोजना हुने भएको छ ।
ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा सूचिकृत पाटन दरबार र हनुमानढोका दरबारजस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गरिनाले ऐतिहासिक धरोहरहरूको सम्बद्र्धन र दीर्घकालीन संरक्षणमा प्रत्यक्ष वा परोक्ष रूपमा टेवा पुग्न कोइरालाले जानकारी दिए । कुरामा हामी आशावादी छौं । ‘यसबाट देशको विविध संस्कृति, पुरातत्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई सम्पूर्ण नेपालकै विश्वसामु प्रचार–प्रसार हुनसक्ने आशा राखिएको छ ।’ उनले भने ।

कुन देशका कलाकार आउदैछन ?

दशौं अन्तर्राष्ट्रिय मेलामा इस्टोनिया, मेक्सिको, बङगलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्ट र नेपाल लगायतका राष्ट्रबाट विभिन्न सांस्कृतिक समूहका २५० भन्दा बढी कलाकारहरूले भाग लिने भएका छन् ।

दशौं साँस्कृतिक महोत्सव अवधिभर कलाकारहरूले आ–आफ्नो संस्कृति झल्कने भेष–भूषा लगाई साँस्कृतिक झाँकी प्रस्तुत गर्ने र आ–आफ्नो देशको लोक गीत, संगीत र लोक नृत्य पस्तुत गर्ने छन् ।

यसैबीच विदेशी कलाकारहरू काठमाण्डौ आसपासका विद्यालयमा गई आ–आफ्नो साँस्कृतिक नृत्य प्रस्तुत गर्ने र स्थानीय विद्यालयका विद्याथीहरूले समेत आ–आफ्नो विद्यालयको तर्फबाट साङ्गीतिक प्रस्तुतिदिने कार्यक्रम रहेको छ । यस किसिमको साँस्कृितक आदान प्रदानले विद्यार्थीमा आफ्नो लोक संस्कृतिप्रति अभिरूचि बढ्नुका साथै अरू देशको पनि लोकपरम्परा बुझ्ने अवसर प्राप्त हुनेविश्वास आयोजक संस्थाले लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग