व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि

काठमाडौं । व्यवसायी चन्द्र ढकाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आफैले सोको जानकारी दिएका छन् ।

‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले एक सूचनामा लेखेका छन् ।

उनले आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको पनि बताएका छन् । उनले घरमै आइसोलेसनमा बसेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा