काठमाडौं । हास्य कलाकार तथा गायक जीवेशसिंह गुरुङ र कलाकार सुनिसा बजगाईं भँगेरा र भँगेरी बनेको छन् । एलिना चौहानसँग जीवेश गुरुङले गाएको गीत भँगेरा र भँगेरीमा यी दुई जना भँगेरा र भँगेरी अर्थात् प्रेमीप्रेमिकाको रूपमा प्रस्तुत भएका हुन् ।
टेली चलचित्रमा पछिल्लो समय रुचाइएका जीवेश र एलिनाले हालै नयाँ गीत मिनरल वाटर…ल्याएका थिए । यो गीत भाइरल भएपछि यी दुईले अहिले नयाँ गीत भँगेरा र भँगेरी…बजारमा ल्याएका हुन् ।
यो गीत सरल र श्रुतिमय बनेको छ । गीतलाई प्रज्वल ढकालले लेखेका हुन् । जसमा राज सागरको संगीत र साहस शाक्यको संगीत संयोजन रहेको छ । भ्वाइस अफ नेपाल स्टुडियोमा यो गीतलाई दीप घतानीले रेकर्ड तथा मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा जीवेश र सुनिसासँगै योगज्योतिको अभिनय रहेको छ ।
यो गीतको भिडियोलाई रूपेश थापाले खिचेका हुन् । जसमा सुमन तामाङको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।






