प्रकाश सपुत ‘परदेशी–२’ मा नायक

काठमाडौं । बोल माया …बोलको गीत गाएर चर्चामा आएका गायक प्रकाश सपुत अब नायकको भुमिकामा देखिने भएका छन् ।

विभिन्न म्युजिक भिडियोमा नायकको भुमिका निर्वाह गरे पनि चलचित्रमा पहिलो पटक नायकको भुमिका निर्वाह गर्न लागेका हुन् । नारायण रायमाझीले निर्देशन गर्ने चलचित्र ‘परदेशी २’प्रकाश नायक र वर्षा शिवाकोटीले नायिकाको रुपमा अनुबन्ध भएका छन् । उक्त चलचित्रको सुटिङ शुक्रवारदेखी सुरु भएको छ ।

प्रकाशले फेशबुकमा स्टाटस लेख्दै चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको जनाएका छन् । प्रकाशले चलचित्रको छायांकन सुरु हुँदै गर्दा आफूलाई खुशी, डर र उत्साह सबै रहेको बताएका छन् ।

चलचित्र ‘परदेशी’को सिरिजको रुपमा तयार हुन लागेको यो चलचित्रले वैदेशिक रोजगारीको कथालाई उठान गर्नेछ । ‘परदेशी २’ले समेत आउँदो बर्षको दशैंलाई प्रदर्शन मिति तय गरेपछि आउँदो बर्षको दशैंमा चलचित्रको महाभिडन्त हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 643 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित्ने र हार्ने दुवै विजय उत्सवमा