उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले बिभिन्न स्थानमा बालिका बलात्कार प्रयास गर्ने दुई जना युवालाई पक्राउ गरेको छ । कटारी नगरपालिका– ५ स्थित १९ वर्षीय काले भन्ने टेकबहादुर भुजेलले स्थानीय १७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको थियो ।
आफनै घरमा सुतिरहेको अवस्थामा भुजेल प्रबेश गरी जबरजस्ती करणीको प्रयास गरेपछि उनलाई ईलाका प्रहरी कार्यालय कटारीको टोलीले सोमवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालले बताए ।
त्यसैगरी त्रियुगा नगरपालिका– १४ साउनेका २६ वर्षीय अर्जुन राईले स्थानीय ४ वर्षीया बालिकालाई ललाई फकाई बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ गरेको छ । बालिकालाई छिमेकीको मतान घरमा लगि जबरजस्ती करणी गर्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुवै आरोपितहरुलाई जबरजस्ती करणी सम्बन्धि मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।






