१० हजार घुससहित एक कर्मचारी रंगे हात पक्राउ

सांकेतिक तस्वीर

इलाम ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करदाता सेवा कार्यालय इलामबाट दश हजार रुपैयाँ घुस रकमसहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।

आयोगको इटहरीस्थित कार्यालयको टोलीले सोमबार करदाता सेवा कार्यालयबाट सेवा निवृत भएका कार्यालय सहयोगी मोहनलाल ढकाल दश हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । ढकालले सेवाग्राहीबाट लिएको घुस रकमसहित रंगे हात पक्राउ परेका हुन् ।

पक्राउ परेका ढकाललाई अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा लगेर थप अनुसन्धान भइरहेको इटहरी स्थित कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिए ।

करदाता सेवा कार्यालयको कर्मचारी हुुँ भनेर सेवाग्राहीलाई दुःख दिने गरेको सूचनाको आधारमा ढकाललाई पक्राउ गरिएको र ‘अहिले थप अनुसन्धान भइरहेको अख्तियारका सूचना अधिकारी ढकालको भनाई छ ।’ ढकाल करदाता सेवा कार्यालयबाट एक वर्ष अघि सेवा निवृत भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रधानमन्त्रीसमक्ष सांसदको प्रतिबद्धता