उत्पादन र रोजगारीलाई समृद्धीसँग जोड्न पर्छ : मन्त्री पोखरेल

संखुवासभा । शिक्षालाई श्रम सिपलाई उत्पादन र रोजगारी सँग, उत्पादन र रोजगारीलाई समृद्धी सँग जोड्नु पर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बताए । शुक्रबार सदरमुकाम खाँदबारी संखुवासभा जिल्लालाई ५३ औ साक्षर जिल्ला घोषणा बोल्दै मन्त्री पोख्रेलले सो कुरा बताएका हुन् ।


साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्राविधिक शिक्षा पढ्नेलाई कक्षाकोठाका कालोपाटी लेखेर होइन खेतबारी, अस्पताल, कलकारखानामै लैजानु पर्ने धारणा राखेका थिए ।
मन्त्री पोख्रेलले विद्यार्थीलाई शिक्षाको उज्यालो घामको ज्योती बाट बञ्चित हुन नदिने प्रतिबद्धता समेत गरे । मन्त्री पोख्रेलले भने अव दुई बर्ष भित्रमा नेपाललाई पूर्ण साक्षर राष्ट्र बनाउने बताए ।


संखुवासभालाई शुक्रबार ५३ औ साक्षर जिल्ला घोषणा गरिएको छ । १० स्थानीय तह रहेको संखुवासभामा शुक्रबार साक्षर जिल्ला घोषणा गरिएको छ । मन्त्री पोखरेलले शुक्रबार संखुवासभालाई साक्षरता जिल्ला घोषणा गरेका हुन् । संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत नागरिक साक्षर भएका छन् । मन्त्री पोखरेलले भर्ना हुन बाँकी विद्यार्थीलाई अभियान जोड्न जरुरी भएका बताए ।


उनले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन स्थानीय सरकारले पनि सहयोग र सहकार्यबाट अघि बढ्न जरुरी रहेको बताए । मन्त्री पोखरेलले भने ९५दशमलव ६३ प्रतिशत पछि बाँकी ४ दशमलव ३७ प्रतिशत निरक्षरको खोजी गरेर साक्षर बनाएमात्र पूर्णरुपमा साक्षर जिल्ला बन्ने बताए ।


सामुदायिक विद्यालयको रुपान्तरणमा प्रक्रियामाबाट पाठ्यक्रमको निर्माणको गरिसकेका छौ, २०७७ सालबाट एक कक्षाबाट लागु हुने मन्त्री पोखरेलको भनाइ छ । आर्थिक, भौगोलिक विकटता कारणले बालबालिकाहरु विद्यालयमा आउन नसकिरहेकालाई पनि समेट्नु पर्ने बताए । जिल्लामा १५ देखि ६० वर्ष उमेरका ९५ दशमलव ६३ प्रतिशत नागरिक साक्षर भएका कारणले जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख केशब भट्टराईले जानकारी दिए ।

अन्य चार प्रतिशतलाई पनि आगामी बर्ष साक्षर बनाइने उहाँको भनाइ छ । साक्षरताका लागि तोकिएका १२ मापदण्डमध्ये न्यूनतम ७ मापदण्ड पूरा गरेकाले जिल्लाका १० वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको हो । साक्षरता अभियानको लागि अनौपचारिक शिक्षा समितीले एकिन गरेका ९५ दशमलव ६३ प्रतिशत नागरिक साक्षर भएको पाइएपछि साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका २९२ उम्मेदवारको धरौटी जफत